(ABC-Sanchar) काठमाडौं । यसवर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने अनुमान गरिएको छ । सरकारी अनुदानको चिनी खरीद विक्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चाडपर्वका लागि चिनीको मौज्दात नहुँदा व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाउन सक्ने यसको मूल्य नियन्त्रणबाहिर जाने देखिएको छ […]
महाराष्ट्र । भारतको एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको हो । बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खरतामुक्त रहेको बताइन्छ । बालिकालाई कोब्राले घाँटीमा बेरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । भिडियोमा […]
(रवि वर्णवाल) पर्सा । बिरगंज प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका ६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिए। प्रहरीले उक्त ज्वेलर्समा बुधबार छापा हानेको थियो। उनीहरूको साथबाट स्रोत […]
काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीस्तरीय निर्णयले १२ सिडिओको सरुवा गरिएको बताए। उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको सिडिओमा पठाइएको छ भने गृह मन्त्रालयका सहसचिव काशीराज दाहाललाई मोरङको सिडिओमा पठाइएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृह मन्त्रालयमा ल्याइएको छ। […]
(राकेश श्रेष्ठ) चितवन । कोरोना महामारीले पर्यटन सुस्ताएसँगै जङ्गल सफारीमा प्रयोग हुने हात्ती भारत बेच्ने क्रम बढेको छ । झन्डै तीन वर्षमा २२ हात्ती घटेका छन् । यो वर्ष पनि हात्ती बिक्री रोकिएको छैन । गैरसरकारी संस्था जनहित संरक्षण मञ्च (प्रो–पब्लिक) ले हात्ती खरिद–बिक्री तथा निकासी रोक्न माग गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई […]
ABC (क्राईमबिट) बिरगंज । वीरगञ्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साकाे बहुदरमाई नगरपालिका ४ का २५ वर्षीय अजय कुमार शर्मा रहेको पर्सा प्रहरीले जनाएको छ । इनर्वा चौकिबाट खटेको टोलीले रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा १ लाख ४८ हजार ५ सय रुपैयाँ भारतीय नोट फेला परेपछि […]
(रवि वर्णवाल) बिरगंज । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०५।२९ गते अं.१७:०० बजे वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा विभिन्न किसिमका लत्ताकपडा तथा प्लाष्टिकका भाडाबर्तनहरू यस कार्यालय तथा मातहतबाट खटिएका टोलीले फेला पारी बरामद गरेकोमा उक्त मालसामानको रू.१,४८,९३०।-( एक लाख अड्चालीस हजार […]
(ABC-Sanchar) बर्दिया । प्रहरीले बेवारिसे अवस्थामा चिनि बरामद गरेको छ । गुलरिया नगरपालिका–१ स्थितबाट मंगलबार प्रहरीले चिनि बरामद गरेको हो । भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको चिनी बरामद गरेको प्रहरीले जनाएको छ । बरामद चिनि ३ क्विन्टल ५० किलोग्राम मुल्य रु २१ हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । […]
(ABC-Sanchar) काठमाडौँ । काठमाडौँको स्वयम्भूमा ‘बोक्सी’ आरोपमा महिलामाथि कुटपिटमा संलग्न चार जना पक्राउ परेका छन् । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा यातना दिने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर घर भई स्वयम्भू ठुलो भर्याङमा धामी काम गर्ने दीपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे […]
ABC (क्राईमबिट) रुपन्देही । गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो । शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ […]