सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार तातोपानीबाट बाह्रविसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो दिउँसो साढे तीन बजेतिर भोटेकोसी गाउँपालिका–४ चाकुबाट नदी किनारमा खसेर दुर्घटना हुँदा त्यसमा सवार चालक र सहचालक बेपत्ता भएका हुन् । बरहथवा नगरपालिका–२, सर्लाहीका बोलेरो चालक २३ वर्षीय राजेशकुमार कुसहवा र बौधिमाई नगरपालिका–१, रौतहटका २५ वर्षीय सहचालक रामप्रवेश […]
काठमाडौं । सरकारले चाहेमा उनी दुई महिनाका लागि आइजीपी हुने निश्चित भएको हो। लामो समय आइजीपी हुन नपाएपनि इतिहासमा नाम दर्ज हुने सम्भावनालाई टार्न सक्ने अवस्था नभएकाले उनको निश्चित जस्तै देखिएको प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो। प्रहरी ऐनमा कुनै फेरबदल नआएमा अबको ८ दिनभित्र आइजीपी थापा अवकाश हुँदैछन्। संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ संसदको नियमित […]
काठमाडौं । सोमबार बसेको नेपाल पत्रकार महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो । महासंघका सचिव एवम विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल सुचारु गर्न माग गर्दै यही भदौ ११ गते […]
काठमाडौं । तीजको अवसरमा मंगलबार पशुपतिनाथ मन्दिरमा लाग्ने ठूलो मेलालाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले करिब सात सय जनशक्ति परिचालन गर्ने भएको छ । सुरक्षासँगै स्वास्थ्य सेवा पनि सहज उपलब्ध गराइने सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा मंगलबार […]
माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष धन लाभ हुने सम्भावना प्रबल छ। व्यापारमा फाइदा हुनेछ, रोकिएका काम पूरा हुनेछन्। पारिवारिक वातावरण मधुर रहनेछ। तर स्वास्थ्यमा ध्यान दिनुहोस्, सानो चोटपटकको योग देखिन्छ। वृष समाजमा प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभका नयाँ स्रोत खुल्नेछन्। तर खर्च पनि बढ्ने सम्भावना छ। व्यवहारमा संयमता आवश्यक छ, नत्र विवाद हुनसक्छ। […]
काठमाडौं । सरकारले ल्याएको पछिल्लो नियमअनुसार चेक बाउन्ससम्बन्धी उजुरी प्रहरीले हेर्ने भएसँगै, खातामा पैसा नभएको खाली चेक दिने व्यक्तिलाई प्रहरीले जुनसुकै समयमा पक्राउ गरी हिरासतमा राख्न सक्ने भएको छ । चेक अनादर (बाउन्स) सम्बन्धी कसुरमा सरकारले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधान हेरफेर गरेको छ । राजपत्रमा […]
सुर्खेत । नेपाल प्रहरी संगठन प्रमुख श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक दिपक थापा निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा यस कार्यालयमा पाल्नु भई यस कार्यालयमा रहेको अमर प्रहरी स्मारिकामा पुष्पगुच्छा अर्पण, कार्यालय प्राङगणमा वृक्षारोपण, भौतिक संरचनाको निरीक्षण गर्नु भयो । आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक थापाज्यूले भौगोलिक जटिलताको बाबजुद उपलव्ध सीमित स्रोत […]
काठमाडौं । पूर्वराजा शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाहसहितको ६ सदस्यीय टोली आज दिउँसो १२ः४५ बजे बुद्ध एयरको नियमित उडानबाट भद्रपुर विमानस्थल ओर्लिएको हो। उनीहरूलाई भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको नेतृत्वमा रहेको टोलीले स्वागत गरेको थियो। स्वागत गर्नेहरूमा नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, पूर्वमन्त्री बद्रीप्रसाद मण्डललगायतका व्यक्तिहरू थिए। विमानस्थलमा स्वागतपछि शाह […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत पुगेका छन्। जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा छाड्न अस्वीकार गरेपछि लामिछाने उच्च अदालत गएका हुन्। लामिछाने पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा उक्त मुद्दाको पुनरावेदन गरेको बताएकी हुन्। ‘आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ। मेरो श्रीमान भन्नुहुन्छ, ‘यो देशमा शक्ति पृथकीकरण समाप्त […]
रौतहट । माधवनारायण नगरपालिका २ मुडबलवाकी रुबीकुमारी साहको शव फाल्न लगिएको रिक्साका चालकलाई प्रहरीले पक्राउ गरेको छ। सुटकेसमा प्याक गरेको अवस्थामा साहको शव शनिबार राति मुडलवा गेटनजिक सडकमै फेला परेको थियो। तर अनुसन्धानका क्रममा उक्त शव फाल्नका लागि रिक्सा भाडामा लिएको र रिक्सा बिग्रिएपछि आरोपित सडकमै शव फालेर फरार भएको देखिएको अनुसन्धानमा संलग्न रौतहट प्रहरी […]