काठमाडौं । आर्थिक वर्ष २०८१-८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड रुपियाँ पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार गएको असार महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रहेको थियो […]
दाङ । देउखुरी कालाकाटेमा दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ को मोटरसाइकलमा सवार सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिएका छन् । थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी […]
पर्सा । बिरगंज नारायणी अस्पतालमा उपचाररत झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ची मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार, हैजा पुष्टि भएका ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन् । यस्तै अर्को एक अस्पतालमा उपचाररत थप २ जनामापनि […]
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त शव रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको हो । रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन् । उनी अहिले माइती घरमै बस्दै आएकी थिइन् । रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ । गौर नगरपालिका-९ […]
जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीद्वारा भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा डीआइजी चतुर्वेदीले मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषा, सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र आठ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय […]
दाङ । मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले उल्लासपूर्वक मनाउने बर्का अट्वारी पर्वले सबैमा भाईचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका हुन्। ‘प्रकृतिपूजक थारु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यो पर्वले मौलिक धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘प्रदेशभित्र रहेका सबै जाति, समुदायका मौलिक धर्म, […]
माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक रमझमले मन आकर्षित हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ। वृष : दिन सामान्य छ। शुभकार्यमा बाधा आइपर्नेछ। तपाईंको योजनाबाट विपक्षीले लाभ लिनेछन्। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। लामो दुरीको […]
काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]
कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौं स्थापना दिवस विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ ।कपिलवस्तुको चन्द्रौटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनका कुनै पनि कर्मचारी लोभमा नफसी राज्यले दिएको अधिकारलाई प्रयोग गरी नागरिकको शान्ति सुरक्षामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमावर्ती क्षेत्रमा विपत […]
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले बिभिन्न मितिमा भन्सार छलि गरि ओसार-पसार गरिरहेको अवस्थामा भालुवाङ बाट खटिएको प्रहरी टोलिले बरामद गरि नियन्त्रणमा लिएका अन्दाजी रु २,४५,५७४ ( दुई लाख पैतालिस हजार पाँच सय चौहत्तर) बरावरकोलत्ता कपडा तथा खाद्य सामानहरु आवश्यक कारवाहीको लागि भान्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाईएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक […]