२८ भाद्र २०८३, आइतबार
13-09-2026 , Sun
×

समाचार

दुर्घटनापछि प्रदेश डिआईजी बिकद्वारा अस्पताल पुगेर घाइतेहरूको अवस्था शीघ्र स्वास्थ्यलाभको कामना,

धनगढी । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–५ चौड भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ भने बाँकी पाँच जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । दुर्घटनापछि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर […]

बाँके । काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थल डाइभर्ट गरीएको छ । बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्ध एयरले जनाएको छ । बुद्धको ७२ सिट क्षमतायुक्त जहाज ‘एटीआर७२–५००’ का सबै यात्रु सकुशल रहेको पनि बुद्ध एयले […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयको सभाहलमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Elite Exped संस्थाको तर्फबाट ३ थान Portable Oxygen Cylinder हस्तान्तरण गरिएको छ । विपद प्रतिकार्यको समयमा भुमिगत इनार, बन्द कोठा वा सुरुङहरुमा फसेकाहरुलाई उद्दार गर्न उद्दारकर्ता नेपाल प्रहरीलाई Portable Oxygen Cylinder अति नै […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई हटाएको छ। जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै उनलाई हटाइएको हो। जेलभित्र बारम्बार झडप हुँदा पनि उनले राम्रो समन्वय गर्न सकेका थिएनन्। सोही प्रकरणमा सिडिओ गोगन हमाललाई तीन हप्ताअघि नै सरुवा गरिएको थियो । एसपी राणा जून जिल्लामा पनि विवादमा पर्ने गरेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जाल सूचीकरण नभएमा बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता बस्नेतले सरकारको निर्णयको स्वागत गरेका हुन् । ‘७ दिन भित्र सामाजिक सञ्जाल सूचीकरण नभएमा बन्द गर्ने सरकारको निर्णय साँच्चै प्रशंसनीय छ,’ उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल अब केवल मनोरञ्जन वा आलोचना गर्ने माध्यम […]

काठमाडौं । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकारीहरूले सोमबार सार्वजनिक गरेको तथ्याङ्कभन्दा थप १२ जनाको मृत्यु भएको छ । ओउडाई प्रान्तमा ९०० भन्दा बढी शङ्कास्पद सङ्क्रमितहरू भेटिएका मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री अब्देलमादजिद अब्देराहिमले बुधवार प्रभावित प्रान्तमा सेप्टेम्बरको सुरुमा एक साता लामो खोप अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अब्देराहिमले भने, “सरकारले यस रोगको फैलावट […]

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष : दिन सामान्य छ। अग्रजबाट अपमानित भएको महसुस हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा ठुलो समस्या आइपर्ने देखिन्छ। शिक्षा र वैदेशिक रोजगारीको क्षेत्रमा लाभ हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ। वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। विपक्षी साथीले आलोचना गरेको सुन्नुपर्नेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा थप […]

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि आह्वान गर्ने निर्णय गरेको हो । ‘तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि […]

काठमाडौं । बागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार मातहतका निकायलाई निर्देशन दिँदै बानियाँले इन्धन लिन आएका सवारीका चालकले हेल्मेट नलगाएको अवस्थामा इन्धन नदिन निर्देशन दिएका हुन् । बागमतीमा बढ्दो सवारी र दुर्घटनालाई न्यूनीकरण गर्न हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्ने मातहतका निकायको राय, सुझावपछि बानियाँले ‘नो हेल्मेट, नो फ्युल’को नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् । […]

साईबर अपराधमा पक्राउ पुर्जी जारी भएपछी एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित भएका छन् । साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बुधबार उनी प्रहरीमा उपस्थित भएका हुन् । यसअघि साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । एक महिलाले […]