१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

काठमाडौंमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको मोटरसाइकल र्‍याली

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलनरत समिति शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो। काठमाडौंको सुकेधाराबाट सुरु भएको र्‍याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरुले संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनस्र्थापना गर, कुशासन र भ्रष्टाचारको अन्त्य गर, आस्थाका बन्दी रिहा गर […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बिकले सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको निरीक्षण गर्नु भयो । सोही क्रममा उहाँले गणको कार्यालय भवन, बिभिन्न शाखाहरु, क्वाटर गार्ड, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । निरीक्षण भ्रमणको क्रममा उहाँले देश तथा नागरिकलाई शीरमा राखि असल […]

भारत र पाकिस्तानबीच युद्धको अवस्था कायमै हवाई आक्रमणको अलर्ट जारी गाउँ खाली गर्दै काठमाडौं । शुक्रबार चण्डीगढ र अम्बालामा हवाई आक्रमणको अलर्ट जारी गरिएको छ। सेनाको पश्चिमी कमाण्ड चण्डीगढमा छ, एनआईए कार्यालय पनि त्यहीं छ। अम्बालामा एउटा वायुसेना स्टेशन छ। राजस्थानको जैसलमेरमा, पाकिस्तान सीमाबाट २० किलोमिटरको दायरा भित्रका गाउँहरू खाली गरिँदैछ। जैसलमेरमा एउटा सैन्य चौकी […]

  काठमाडौं । भारतीय सुरक्षा स्रोतका अनुसार राति ८ बजे गरिएको आक्रमणमा जम्मुको विमानस्थललाई मुख्य लक्ष्य बनाइएको थियो । भारतीय वायु सुरक्षाले रूसबाट प्राप्त एस-४०० मिसाइल प्रणाली प्रयोग गरी सबै ड्रोनलाई झारेको जनाएको छ। आक्रमण सुरु भएपछि जम्मु क्षेत्रमा ब्ल्याकआउट गराइएको छ । पाकिस्तानतर्फबाट भारी मात्रमा गोला–बारुदसमेत प्रहार भएको छ बताइएको छ । पंजाब, जम्मु–कश्मीर […]

डोल्पा । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर केसी हेडक्वार्टर तानिएका छन् ।डोल्पामा हाजिर भएको नौ दिनमै डीएसपी केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् । स्रोतका अनुसार उनले प्रहरी नायब निरीक्षक (सई) माथि हातपात गरेको आरोप छ । उनी यही वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए […]

मकवानपुर । नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१।०१।२१ गतेको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल काठमाडौंबाट सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक अरुण पौडेलज्यूले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ । बागमती प्रदेश प्रहरी प्रमुखज्यूले अमर […]

मेष -आज कार्यक्षेत्रमा तपाईंको प्रयासहरू सफल हुने संकेत छन्। नयाँ जिम्मेवारीहरू प्राप्त हुन सक्छन्, जसले तपाईंको प्रतिष्ठा बढाउनेछ। सहकर्मीहरूसँग समन्वयमा काम गर्दा फाइदा हुनेछआर्थिक पक्षमा सुधार देखिनेछ। अचानक धन प्राप्तिको सम्भावना छ, तर खर्चमा संयमता अपनाउनुहोस्।स्वास्थ्य सामान्य रहनेछ। तर, मानसिक तनावबाट बच्न ध्यान दिनुहोस्। वृष -कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सहकर्मीहरूसँग सहकार्यमा सफलता मिल्नेछ।आर्थिक लाभको […]

  काठमाडौं । पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतले विफल बनाइदिएको छ । बिहीबार जम्मु कश्मिरस्थित हवाई अड्डामा पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतको डीफेन्स युनिटले विफल बनाइदिएको हो । युद्धका कारण सीमा क्षेत्रमा त्रास सिर्जना भएको छ । भारतीय सेनाले दिएको जानकारीअनुसार पाकिस्तानको एफ–१६ जेटलाई भारतले विफल बनाएको हो । भारतको एस–४०० डीफेन्स सिस्टमले पाकिस्तानले प्रहार […]

  जनकपुर । नेपाल प्रहरी नायब महानिरीक्षक डिआईजी उमाप्रसाद चतुर्वेदीले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदीलाई जिम्मेवारी दिइएको हो । डिआईजी चतुर्वेदीले जनकपुरधाम पुगेर आजदेखि नै मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । उनलाई मधेश प्रदेश प्रहरी कार्यालय […]

पाल्पा । जिल्ला प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी प्रमुख उपरीक्षक एसपी पवन कुमार भट्टराई इलाका प्रहरी कार्यालय रामपुर पाल्पामा पाल्नु भई कार्यालयको सम्पुर्ण शाखाहरु,हिरासत कक्ष,ब्यारेक समेत निरीक्षण गर्नु भई यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख प्रहरी निरीक्षक रामबहादुर परियारले जानकारी दिनुभएको छ ।

error: Content is protected !!