मेष -आज विचार र योजनामा स्पष्टता आउँछ। पुराना अधुरा कामहरूमा गति मिल्नेछ। मान्यजनको सहयोग पाइनेछ। मन मिल्ने व्यक्तिसँग समय बित्न सक्छ। वृष -दिनको शुरुवात केही मन खिन्न बनाउने भए पनि दिउँसोदेखि क्रमशः ऊर्जा बढ्नेछ। आर्थिक पक्षमा सुधार हुने संकेत छ। नयाँ कामको प्रस्ताव आउन सक्छ। मिथुन -बोलिमा मिठास राख्नुपर्ने दिन हो—सामाजिक सम्बन्धमा असर पर्न सक्छ। […]
सुनसरी । देवानगञ्ज गाउँपालिकामा गोली चेलेको छ । सोमबार साँझ अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालका अनुसार घटना सुनसरी सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा साँझ ६ः४५ बजे भएको हो । उनका अनुसार अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड […]
काठमाडौं । वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदैछ । आजैदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा दिइने गरिन्छ विगतका वर्षहरूमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका छन् । तर यो पटक भने भर्ना अभियान अन्योल बन्ने भएको छ । किनकि प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय […]
दाङ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ सम्पन्न । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् […]
काठमाडाैं | नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षकहरू प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ सईहरूलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा सुदिप थापा रहेका छन् । यसैगरी, दोस्रोमा रबी घिमिरे, तेस्रोमा […]
बुटवल । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ बजेदेखि सञ्चालनमा आएको हो । विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । गत पुस २६ गते भारतीय ठूलो […]
काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका-१ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् । घरदेखि झन्डै ५० मिटर टाढा रहेको चउरमा पेट्रोल खनाएर आगो लगाइसकेको अवस्थामा उनकी श्रीमती र छोराले उद्धार गरेका थिए । हस्तका श्रीमती र छोरा थमनले उनको शरीरमा लागेको आगो निभाएर उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पुर्याएका […]
काठमाडौं । दिल्ली एक अज्ञात व्यक्तिले मुम्बईको वरलीस्थित यातायात विभागलाई व्हाट्सएप सन्देश पठाएका छन्, जसमा सलमान खानको कारलाई बमले उडाउने धम्की दिइएको हो। आइतबार राति अबेर पठाइएको यो सन्देशमा लेखिएको छ- हामी सलमान खानको घरमा पस्नेछौँ र उनलाई मार्नेछौं। मुम्बईको वरली प्रहरीले अज्ञात व्यक्तिविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३५१(२)(३) अन्तर्गत उजुरी […]
दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले यस्तो जानकारी दिनुभयो । ‘पछिल्लो समयमा १० वर्ष मुनिका बालिका यौनजन्य हिंसाबाट बढी प्रभावित हुन थालेका छन्’– एसपी तिमिल्सिनाले भन्नुभयो– ‘पाँच वर्षकी बालिकालाई ६५ वर्षको बृद्धले जबर्जस्ती गरेको उजुरीमा भर्खरै पक्राउ परेको छ । घरकै काका दाजुजस्ता नाता पर्ने र […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य: भौतिक साधन जुट्ने सम्भावना छ र उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्नेछ। तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मध्यम: सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिन सक्छ। आर्जित […]