निलम्बित न्यायाधीश भुवन गिरीले उच्च अदालत,पाटनबाट सफाइ पाए काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा आइतबार (आज) न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो। जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए तर, त्यसपछि सर्वोच्च अदालतले गत २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले नागरिक स्वतन्त्रताभन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार […]
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक प्रसाद रिजालको प्रमुख आतिथ्यता एंव जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्र.ब.उ विश्व अधिकारीको विशेष आतिथ्यतामा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को सभाहलमा CCTV क्यामेरा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको क्रममा प्र.व.उ विश्व अधिकारीले समाजमा शान्ति सु-व्यवस्था कायम गर्न स्थानिय निकाय र प्रहरी विचको सहकार्य अपरिहार्य […]
काठमाडौं । स्थानीय तहका क्रियाशील पेसागत सङ्गठनहरूले काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध कार्यालयको मर्यादाविपरीत अनुशासनहीन, गैरकानुनी र अमर्यादित व्यवहार गरेको गम्भीर आरोप लगएका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा प्रवेश गराउने क्रममा चैत २१ गते महानगर प्रहरी प्रमुख पाण्डेको अगुवाइमा घटेको घटनालाई अमर्यादित, अनुशासनहीन र अनपेक्षित भन्दै सम्बन्धित निकायबाट छानबिन गरी कानुनी […]
काठमाडौं । आइतबार गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन । उनले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको पनि बताएका छन । नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने […]
काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ ।उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए ।राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए । सशस्त्र […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी तोकिएको छ। लामिछानेले आफूलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए। सहकारी ठगी र संगठित […]
पर्सा । बिरगंज दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति अझै सामान्य बनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु […]
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिएको छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको […]
मेष -आजको दिन कार्यक्षेत्रमा दृढ आत्मविश्वासका साथ अघि बढ्ने अवसर मिल्नेछ। प्रयासअनुसार परिणाम प्राप्त हुने देखिन्छ। तर, व्यर्थको विवाद वा क्रोधबाट टाढा रहनु उत्तम हुन्छ। वृष -धनलाभका सम्भावना बढेका छन्। नयाँ योजना र लगानीका विषयमा सोचविचार गर्ने समय अनुकूल छ। पारिवारिक वातावारण सुखद रहन सक्छ। मिथुन -आज विचारमा स्थिरता ल्याउनु आवश्यक छ। नसोचेको कुराले मन […]