२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

मंगलबार तपाईहरुको राशिफल

मेष : नाम दाम दुवै कमाउने दिन रहेको छ ।कार्य क्षेत्रमा दीर्घकालिन योजनाहरु बन्नेछन् ।व्यापारमा लाभ हुनेछ। पुरानो लगानीबाट धन प्राप्त हुनेछ। सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बृष :-सोचेको काम नबन्ने जोखिम छ। खर्च बढ्नेछ। अप्रिय कुरा सुनाएमा मनमा पीडाबोध हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल भए […]

  काठमाडौं । बसोबास गर्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका–४ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२ का २९ वर्षीय हरिशचन्द्र भुजेललाई प्रहरीले नगदसहित सोमबार पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूको बैंक खाता तथा बाइनान्स आईडीमा २ करोड ४१ हजार ६ सय […]

  पाल्पा । इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका कार्यालय प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीको सहभागितामा रामपुर नगरपालिकामा संचालमा रहेका मोटरसाइकल वर्कसपहरुका संचालकहरुसंग । चोरीका मोटरसाइकल नियन्त्रण,मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण रोकथामका विषयमा परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जानकारी दिएको छ ।

  हुम्ला । सिमकोट गाउँपालिकास्थित कालिञ्चोक बजारको चोकबाट ५ लाख मूल्य बराबरको २९ बोरा ८७ कार्टुन चिनियाँ झिनिगिन्टी मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ८७ काटुनमा १ हजार ४४ बोतल मदिरा रहेको प्रहरीको भनाइ छ । नेपाल भित्र्याइएको चिनियाँ मदिरा प्रति बोतल ५ सय रुपैयाँका दरले बिक्री हुने गरेको पाइएको छ […]

  दाङ । भालुवाङ पुर्व पश्चिम् राजमार्गमा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर माझीको सक्रियतामा सडकमा खटेर सवारीसाधनहरुको चेकजांच,अत्याधिक उपकरण मापसे जांचगर्ने मेसिन बेथेलाइजर सहित उनी सडकमा आफैं खटेका छन् । जसको कारण उनको यो क्रियाशिलताले सडक दुर्घटनामा न्युनीकरण आएको पाइन्छ । यसभन्दा पहिले दाङको देउखुरीमा भालुवाङ […]

  चितवन । सोमबार एक औपचारिक कार्यक्रमका बिच महानगरपालिका प्रमुख रेनु दाहाल र गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भगिनी सम्बन्धका लागि हस्ताक्षर गरेका हुन् । अब दुई पालिकाबिच सहयोग आदानप्रदान हुनेछ । साथै दुई पालिकाबिच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने अपेक्षा लिइएको छ । दुई स्थानीय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् । न्यायाधीश नितिज राईको इजलासबाट ६५ लाख धरौटी तिरेर रिहा भएका लामिछाने धरौटी रकम बदर गरि आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन् । लामिछानेका एक कानुन व्यवसायीका अनुसार […]

बाँके । हाम्रो यस लोकप्रिय सञ्चारमाध्यम एबिसी सञ्चार डटकम अनलाइन भन्डाफोर टिमकाे नाममा केही व्यक्तिहरुले बाँकेको नेपालगञ्ज क्षेत्रमा आफूलाई एबिसी सञ्चारकाे (रिपोर्टर) र (क्यामरामेन) भनेर नेपाल प्रहरी,सशस्त्र प्रहरी ट्राफिक प्रहरी प्रशासन वा अन्य निकायलाई असहयोग पारेको एबिसी संचार मिडिया हाउसलाई सूचना प्राप्त हुन आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । तथापि त्यस्ता व्यक्तिहरुले मिडियाको चरम दुरुपयोग […]

  काठमाडौं । केहि दिनयता राजधानी बाहिर सक्रिय रहेका प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पूर्वी पहाडी जिल्ला तेह्रथुम उडेका छन् । उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान सैनिक हेलिकप्टरमार्फत् उनी त्यसतर्फ गएका हुन् । सोमबार र मंगलबार तेह्रथुमका विभिन्न स्थानमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेको उनको […]

कैलाली । जिल्लाको मोहन्याल गाउँपालिका ७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति १० बजेतिर बाघले आक्रमण गरेको हो । घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए । बाघको आक्रमणबाट टाउको र अनुहारमा चोट लागेकी उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । […]

error: Content is protected !!