२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

समाचार

आईजिपी धिरज प्रताप सिंहको अबकाशको मुखैमा दुई इन्सपेक्टरको काज सरुवा (

ABC-Sanchar) काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरेको छ । प्रहरी हेडक्वार्टरले सोमबार इन्सपेक्टरद्धय माधव केसी र किरण राउतको काज सरुवा गरेको हो । अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठमाडौंका प्रहरी निरीक्षक केसीलाई वडा प्रहरी कार्यालय रामबजार कास्की सरुवा गरिएको छ । त्यहाँ रहेका प्रहरी निरीक्षक किरण […]

ABC (क्राईमबिट) काठमाडौं । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ […]

 (ABC-Sanchar) काठमाडौँ । संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले सिट संख्याको अनुपातभन्दा धेरै दाबी गरेकाले भागबन्डामा सकस भइरहेको नेताहरूले बताएका छन् । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच […]

 (ABC-Sanchar) काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा […]

 ABC (क्राईमबिट) रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्तितोलीले सोमबार उक्त कपडा बरामद गरेको हो ।भारतबाट भन्सार छली ल्याउँदै गरेको लेडीज, टप्स र विभिन्न साइजका सेरबानी गरी ७ लाख ९७ हजार तिन सय बराबरको लत्ता कपडा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद कपडा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको इलाका प्रहरी कार्यालय […]

(ABC-Sanchar) काठमाडौँ । सभामुख देवराज घिमिरेले पत्रकार विक्रीमा छन् भन्ने आफ्नो अभिव्यक्तिमा शब्द चयनमा गल्ती भएको स्विकार्दै घुमाउरो तरिकाले माफी मागेका छन् । सोमबार साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गर्दै सभामुख घिमिरेले आफ्नो धारणाले सञ्चारकर्मीमाथि परेको असरमाथि आफू चिन्तित रहेको पनि बताएका छन् ।भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान […]

(ABC-Sanchar) काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ । काउन्सिल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब […]

(ABC-Sanchar) बर्दिया । मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीका अनुसार सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी क्षेत्री र गुरुङको मृत्यु भएको हो । अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले पछिल्लो ३ महिनामा १० लाखभन्दा धेरै नेपाली नक्कली नोट बरामद गरेको छ । २०७९ मंसिर, पुस र माघ महिनाभरिमा १० लाख २० हजार ३ सय नक्कली नेपाली रुपैयाँ बरामद गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले बताए । काठमाडौँको कालोपुलबाट चैत १ मा नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ […]

(ABC-Sanchar) धनगढी । महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियम स्थापना भएको छ । डेढ करोडको लगानीमा उक्त म्युजियम स्थापना गरिएको हो । महेन्द्रनगर बजारसँगै जाडिएको भासीमा क्याप्टेन बेद उप्रेतीले म्युजियम स्थापना गरेका हुन् । नौ वर्षअघि धनगढीमा स्थापना गरिएको म्युजियम जमिन अभावका कारण नेपालगन्ज सारिएको थियो । त्यही म्युजियमलाई महेन्द्रनगरमा स्थापना गरिएको हो । यस क्षेत्रको पर्यटकीय विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र […]