बाँके । सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक आइजीपी राजु अर्यालले ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीलाई सम्मान गरेका हुन् ।२४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी निरीक्षक बुढाथोकीलाई आईजिपी अर्यालले सम्मान गरे।आईजिपी अर्यालले बुढाथोकीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान […]
काठमाडौं । ३० वर्षे सेवाहद हटाउने तथा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधानसहितको प्रहरी विधेयक संसदमा पुगेको छ। गृह मन्त्रालयले मंगलबार विधेयक संसद् लगेको हो। प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्षमा पेन्सन दिने सुविधा माग गर्दै आएका छन्। उनीहरूकै मागअनुसार असइ, सइ र वरिष्ठ सइले १८ वर्ष तथा वरिष्ठ हवल्दार र त्योभन्दा तल्लो […]
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको बताएका छन्। तेह्रथुमको चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो वर्ग र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताए । उनले संविधान जारी गर्नुअघि थाती राखिएका जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीबाट भएको आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो । गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक लामिछानेले ६५ लाख धरौटी माग्ने जिल्लाको आदेशविरुद्ध पुनरावलोकनको माग गर्दै उच्चमा सोमबार निवेदन दर्ता गराएकोमा […]
काठमाडौं । तपाईं आफ्नो वास्तविक परिचय लुकाएर बेनामी काम गर्दै हुनुहुन्छ भने अब सचेत रहनुहोस् किनकी अरूको नामबाट सामाजिक सञ्जाल चलाउँदै हुनुहुन्छ भने कानुनी कारबाहीको दायरमा आउन धेरै समय कुर्नुपर्ने छैन । सरकारले सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभामा मङ्गलवार सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ दर्ता […]
काठमाडौं । मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले मृतक भारतको मधुवनी जिल्ला सिम्री टोल निवासी अन्दाजी ७० वर्षीय जगदीश यादव रहेको बताउनुभयो । उहाँका अनुसार बस लालगढमा यात्रीहरु शौचालयका लागि आर्लिएको […]
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ। आशिका हाल भक्तपुरको प्रहरी वृत्त जगातीको हिरासतमा छिन्। सोमबार काठमाडौंमा अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेपछि उनलाई भक्तपुर लगिएको हो। भक्तपुरमा सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा उनीविरुद्ध अनुसन्धान […]
काठमाडौं । करिब ७ दशक पुरानो प्रहरी ऐनलाई समयसापेक्ष र वैज्ञानिक बनाउन पटकपटक आवाज उठे पनि राजनीतिक स्वार्थका कारण यसले मूर्तरूप लिन सकेको छैन। हाल प्रस्तावित संशोधनमा सेनाको आदेश श्रृंखला (Chain of Command) भत्काउने गरी प्रहरीलाई निजामती कर्मचारीको नियन्त्रणमा राख्ने व्यवस्था गरिएको छ। यो प्रणाली लागू भएमा अपराध अनुसन्धान जस्तो गम्भीर कार्यमा प्रहरीको मूलभूत […]
बाँके । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ । पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो […]
काठमाडौं । बैठक आज बिहान ११ः०० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयवस्तु, सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन र अन्य महत्त्वपूर्ण निर्णयहरूका विषयमा छलफल हुने जनाइएको छ । यस बैठकले सरकारको पछिल्लो रणनीति र निर्णयप्रति थप स्पष्टता ल्याउने विश्वास लिइएको छ।