काठमाडौं । तपाईं आफ्नो वास्तविक परिचय लुकाएर बेनामी काम गर्दै हुनुहुन्छ भने अब सचेत रहनुहोस् किनकी अरूको नामबाट सामाजिक सञ्जाल चलाउँदै हुनुहुन्छ भने कानुनी कारबाहीको दायरमा आउन धेरै समय कुर्नुपर्ने छैन । सरकारले सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभामा मङ्गलवार सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ दर्ता […]
काठमाडौं । मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले मृतक भारतको मधुवनी जिल्ला सिम्री टोल निवासी अन्दाजी ७० वर्षीय जगदीश यादव रहेको बताउनुभयो । उहाँका अनुसार बस लालगढमा यात्रीहरु शौचालयका लागि आर्लिएको […]
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ। आशिका हाल भक्तपुरको प्रहरी वृत्त जगातीको हिरासतमा छिन्। सोमबार काठमाडौंमा अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेपछि उनलाई भक्तपुर लगिएको हो। भक्तपुरमा सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा उनीविरुद्ध अनुसन्धान […]
काठमाडौं । करिब ७ दशक पुरानो प्रहरी ऐनलाई समयसापेक्ष र वैज्ञानिक बनाउन पटकपटक आवाज उठे पनि राजनीतिक स्वार्थका कारण यसले मूर्तरूप लिन सकेको छैन। हाल प्रस्तावित संशोधनमा सेनाको आदेश श्रृंखला (Chain of Command) भत्काउने गरी प्रहरीलाई निजामती कर्मचारीको नियन्त्रणमा राख्ने व्यवस्था गरिएको छ। यो प्रणाली लागू भएमा अपराध अनुसन्धान जस्तो गम्भीर कार्यमा प्रहरीको मूलभूत […]
बाँके । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ । पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो […]
काठमाडौं । बैठक आज बिहान ११ः०० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयवस्तु, सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन र अन्य महत्त्वपूर्ण निर्णयहरूका विषयमा छलफल हुने जनाइएको छ । यस बैठकले सरकारको पछिल्लो रणनीति र निर्णयप्रति थप स्पष्टता ल्याउने विश्वास लिइएको छ।
मेष : नाम दाम दुवै कमाउने दिन रहेको छ ।कार्य क्षेत्रमा दीर्घकालिन योजनाहरु बन्नेछन् ।व्यापारमा लाभ हुनेछ। पुरानो लगानीबाट धन प्राप्त हुनेछ। सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बृष :-सोचेको काम नबन्ने जोखिम छ। खर्च बढ्नेछ। अप्रिय कुरा सुनाएमा मनमा पीडाबोध हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल भए […]
काठमाडौं । बसोबास गर्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका–४ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२ का २९ वर्षीय हरिशचन्द्र भुजेललाई प्रहरीले नगदसहित सोमबार पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूको बैंक खाता तथा बाइनान्स आईडीमा २ करोड ४१ हजार ६ सय […]
पाल्पा । इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका कार्यालय प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीको सहभागितामा रामपुर नगरपालिकामा संचालमा रहेका मोटरसाइकल वर्कसपहरुका संचालकहरुसंग । चोरीका मोटरसाइकल नियन्त्रण,मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण रोकथामका विषयमा परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जानकारी दिएको छ ।
हुम्ला । सिमकोट गाउँपालिकास्थित कालिञ्चोक बजारको चोकबाट ५ लाख मूल्य बराबरको २९ बोरा ८७ कार्टुन चिनियाँ झिनिगिन्टी मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ८७ काटुनमा १ हजार ४४ बोतल मदिरा रहेको प्रहरीको भनाइ छ । नेपाल भित्र्याइएको चिनियाँ मदिरा प्रति बोतल ५ सय रुपैयाँका दरले बिक्री हुने गरेको पाइएको छ […]