दाङ । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा निरीक्षण तथा अवलोकनको लागि ईलाका प्रहरी कार्यालय थारमारे,सल्यानमा पाल्नु भई इलाका प्रहरी कार्यालय थारमारे, सल्यान अन्तर्गत रहेका क्वाटर गार्ड, हिरासत कक्ष र विभिन्न शाखाहरु र कार्यालय परिसरको निरीक्षण तथा अवलोकन गरी कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई बिद्यमान शान्ति सुरक्षाको बारेमा आवश्यक निर्देशन दिनुका साथै इलाका प्रहरी कार्यालय […]
काठमाडौं । अमेरिकी सञ्चारमाध्यमका अनुसार राजधानी वाशिङ्टन नजिकको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक यात्रुवाहक विमान अवतरण गर्दै गर्दा हेलिकप्टरसँग ठोक्किएको हो । अमेरिकन एयरलाइन्सले सीएनएनलाई उक्त उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार भएको जानकारी दिएको छ। घटनाले अमेरिकामा त्रास फैलाएको छ । विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र […]
काठमाडौं । सत्तारुढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने प्रावधानसहित सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । शर्माले बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै विधेयकका प्रावधान स्वीकार गर्न नसकिने बताए । अभिव्यक्ति स्वतन्त्रता संकुचन हुने विधेयकका प्रावधान मान्न नसकिने भन्दै उनले विधेयक बदलिनेमा ढुक्क रहने भनेका […]
बाग्लुङ । जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदी बन्दीका दुई बालबालिका पनि कारागारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने दुई महिनाकी बालिका पनि थपिएकी छिन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौँमा पक्राउ […]
काठमाडौं । तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन् । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ । सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो। डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकार […]
बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले बाँके जिल्लाका महेन्द्र राजमार्ग ,रत्न राजमार्ग ,हुलाकि राजमार्ग ,भित्री सडक खण्डहरुका विभिन्न स्थानहरुमा, दुई पाङ्ग्रेसवारी चालकहरु,अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा […]
दाङ । भालुवाङ सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक २०८१ मा प्रस्तावित कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जाललाई नियमन गर्ने, व्यवस्थित गर्ने र सन्जालबाट अपराधजन्य कर्म गर्नेहरूलाई कानुनी दायरामा ल्याइनुलाई स्वभाविक मानिएपनि यो कानुनमा इन्टरनेटका सबै माध्यमहरुलाई समेटेर […]
घाेराही, १६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सहिद दिवसको अवसरमा घोराहीको सहिद गेटमा दीप प्रज्वलन गरेको छ । अनेरास्ववियु दाङ जिल्ला समितिको आयोजनामा बुधबार दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, पार्टी जिल्ला सचिवालय सदस्य एवं निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठ, पार्टी जिल्ला सचिवालय […]
काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । बुधबार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा […]
पर्सा । बिरगंज हुस्सुले छपक्कै छोप्ने हुँदा यहाँको जनजीवन त्यति सहज छैन । विशेष गरेर बिहानीको समय चिसोले थप कष्टकर बनाइदिन्छ । आइतबार बिहान साढे ७ बजेतिर वीरगञ्जको जनजीवन माथि भनेजस्तै असहज थियो । हुस्सुले छपक्कै ढाक्दा सडकमा आउजाउ गर्न पनि समस्या थियो । सडकमा हिँड्डुल गर्नेहरूको वस्त्र शीतलहरले छपक्कै भिजेको देख्न सकिन्थ्यो । […]