१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

समाचार

मृतक पाँचै जनाको सनाखत

काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया […]

अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । कारागारमा लागुऔषध ओसारेको आरोपमा प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्। गत ३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरीको बयानका आधारमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका […]

नेपाल प्रहरीमा एआइजीको उमेरहद सच्याउने प्रस्ताव मन्त्रिपरिषद्मा अलपत्र परेको छ । अर्थमन्त्री जनार्दन शर्माले एआइजीको अनिवार्य अवकाशको उमेरहद ५६ बाट ५८ वर्ष बनाउने प्रस्ताव गरेका थिए । निर्वाचन आचारसंहिताका कारण त्यससम्बन्धि निर्णय हुन सकेको छैन । अवकाश हुन लागेका एआइजीद्वय अरुण बिसी र रबिन्द्रबहादुर धानुकलाई लक्षित गरी अर्थमन्त्रीले यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, […]

पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा ३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ५५२ जना सक्रिय संक्रमित रहेका छन् । […]

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार रहेका गणेश पौडेलको घर परिसरमा बम भेटिएको छ । घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद वस्तु फेला परेपछि सेनालाई खबर गरिएको थियो । कार्टुनमा खतरा  लेखेर  राखेको वस्तु प्रेसर कुकर […]

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। चार दशमलव छ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ।भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ। […]

पर्सामा एक जना पुरूष मृत फेला परेका छन्। आइतबार बिहान सवा ५ बजे वीरगन्ज महानगरपालिका-१० घडिअर्वा पोखरीको पश्चिमतर्फको नालामा पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए। मृतक पकाहामैनपुर गाउँपालिका वडा नं १ ढोरे बस्ने ३५ वर्षीय राजु दास छन्। उनी नालीमा मृत अवस्थामा फेला परेका हुन्। घडिअर्वा पोखरीमा छठ […]

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ। बाँकेका १३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिए। उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएका छन्। जसमा १०८ वटा मतदानस्थल अति संवेदनशील […]

अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्। अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका […]

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेमाथि आक्रमण भएकाे छ। बिहीबार राति बाँसगढीबाट तामनगरतर्फ साथीलाई घर छाेड्न जाँदै गरेका वडाध्यक्ष पाण्डेमाथि आक्रमण भएको हो। उनलाई सैनामैना-२ कालिका चाेकमा आक्रमण भएकाे प्रहरीले जनाएको छ। पाण्डेले आफूमाथि आक्रमण गर्नेहरू नेपाली कांग्रेसको भातृ संगठन तरूण दलका कार्यकर्ता भएकाे दाबी गरेका छन्। ´मोटरसाइकलमा आएको एक समुहले मेराे गाडी […]