१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

समाचार

स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ

अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्। अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका […]

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेमाथि आक्रमण भएकाे छ। बिहीबार राति बाँसगढीबाट तामनगरतर्फ साथीलाई घर छाेड्न जाँदै गरेका वडाध्यक्ष पाण्डेमाथि आक्रमण भएको हो। उनलाई सैनामैना-२ कालिका चाेकमा आक्रमण भएकाे प्रहरीले जनाएको छ। पाण्डेले आफूमाथि आक्रमण गर्नेहरू नेपाली कांग्रेसको भातृ संगठन तरूण दलका कार्यकर्ता भएकाे दाबी गरेका छन्। ´मोटरसाइकलमा आएको एक समुहले मेराे गाडी […]

तुलसीपुरको मदनआश्रित चोकमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मजगैं निवासी २४ वर्षका रवि बस्नेत  रहेको  जिल्ला प्रहरी कार्यालय दाङका एसपि   वीर ओलि ले जानकारी दिए ।  गएराति पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका – ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७ प १६२९ नम्बरको मोटरसाइकल […]

कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।रास्स

चितवन । चतिवनको माडी नगरपालिका-४ घोसरीमा एक युवककाे हत्या भएकाे छ । सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको खुकुरी प्रहार गरी हत्या गरेकाे माडी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै […]

लागुऔषध ओसारपसारमा सहयोग गरेको आरोपमा एक जना प्रहरी सहायक हवल्दार पक्राउ परेका छन्। कैलाली कारागारमा लागुऔषध ओसारपसारमा सघाएको आरोपपछि प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्। ३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित कैलारी गाउँपालिका–६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरी पक्राउ परेका थिए। उनले सहायक हवल्दार भाटले आफूलाई लागुऔषध ओसारपसारमा […]

(केभी निस्चयल) दाङ । तिहार सकिएलगत्तै शारदा नगरपालिका–२ जोगदेखोलाका ६५ वर्षीय कृष्णबहादुर डाँगीलाई एक छिन फुर्सद छैन । उनी बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन् । पर्व सकिने बित्तिकै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको छ । यस्तै, कालिमाटी गाउँपालिका–२ का हुमबहादुर केसी पनि परिवारसहित धान काटन व्यस्त हुने गरेका छन् । फेरि […]

ABC (क्राईमबिट) नुवाकोट। नुवाकोटमा विगत लामो समयदेखि भइरहेको अवैध नदिजन्य उत्खनन रोक्न सफल भएका प्रहरी नायव निरक्षक दिपेन्द्र नारायण चौधरी असोज महिनाको उत्कृष्ट प्रहरी सफल भएका छन्। ईलाका प्रहरी कार्यालय चोगते नुवाकोट दरबन्दी भई प्रहरी चौकी तारुका नुवाकोटमा कार्यरत प्र.ना.नि. दिपेन्द्र नारायण चौधरी (कम्प्युटर कोड ३०८२२७ र संकेत नं.C-00053296) ले आफूलाई दिईएको जिम्मेवारी आत्मसाथ गर्दै […]

(ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाले रातिको समयमा जथाभाबी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्नेलाई लक्षित गर्दै रातिको समयमा नगर प्रहरी खटाउन सुरु गरिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । एसपी पाण्डेका अनुसार सार्वजनिक स्थलमा जथाभाबी फोहोर फाल्नेलाई फोहोरको प्रकृति र मात्रा हेरेर १ हजारदेखि २५ हजारसम्म […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा एआईजीको उमेरहद बढाउन चलखेल भएको आशङ्का गरिएको छ । यसले प्रहरी सङ्गठनभित्र असन्तुष्टि बढाएको छ । गएको साता मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री शर्माले एआईजीको उमेरहद ५८ वर्ष बनाउनुपर्ने बताएका थिए । उनले उमेरहदबारे कुरा उठाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले भने त्यसबारे कुनै प्रतिक्रिया नदिएको बताइएको छ […]