१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

समाचार

जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बझाङमा जिप दुर्घटना हुँदा  ६ जनाको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्वर भण्डारीले बताए। भण्डारीका अनुसार थप विवरण आउँन बाँकी छ।साभार

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । सुनसरी जिल्ला इनरुवा नगरपालिका–२ बस्ने २७ वर्षीय बजरंगप्रसाद गुप्तासहित दुई जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेलापछि […]

रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं. ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी […]

सर्लाहीमा सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। मंगलबार बिहान ११ः१५ बजे बागमती नगरपालिका–१ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि कार्यालयमा काम गरिरहेको अवस्थामा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी विजय यादवले जानकारी दिए। डीएसपी यादवका अनुसार भारतीय […]

काठमाडौं उपत्यकामा बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। साथै भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको नेपाल-चीन सिमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का काठमाडौंसहित आसपासका ठाउँमा महसुस भएको थियो । गूगलका अनुसार भूकम्पको धक्का नेपालसहित छिमेकी देश भारत र चीनमा पनि महसुस भएको […]

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा परासी राजमार्गबाट करिब ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनी सहित दुईवटा ट्रक सशस्त्र प्रहरिले नियन्त्रणमा लिएको छ । ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बीओपी […]

काठमाडौं । सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा भएका छन् । मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको थियो । सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो । सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना […]

कैलालीमा एक जना मृत फेला परेका छन्। टीकापुर नगरपालिका–६ बेलुवा बोझीमा सोही ठाउँका ४५ वर्षीय हरिगंगा चौधरी मृत फेला परेको प्रहरीले जनाएको हो। चौधरीको मृत्युबारे प्रहरीले अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।साभार

ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थित याम्फेवा खोला नजिक मंगलबार राती ट्र्याक्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ। ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला-४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको […]

वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। पछिल्लो पटक २७ […]