२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

समाचार

स्यालको टोकाइबाट ९ जना घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो । घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमारी बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहोरा, दीपा बोहोरा, उर्मिला बोहोरा र पत्रबहादुर महतारा र […]

काठमाडौंको न्युरोडमा पुरूषको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेका थिए। उनको हत्या आरोपमा शंकास्पद एक जनालाई न्युरोड क्षेत्रबाटै बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले पक्राउ परेका व्यक्‍तिको पहिचान भने खुलाएको छैन। यता मृतकको […]

आजदेखि सबै सरकारी कार्यालय तीन महिनाका लागि एक घण्टा अगाडि नै बन्द हुने भएको छ। गृह मन्त्रालयले वैशाख २६ गते राजपत्रमै सूचना जारी गरेको थियो। उक्त सूचनामा कात्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने उल्लेख छ। कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह […]

धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो। उनको गस्ती जानेक्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए। धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो। […]

सशस्त्र प्रहरी बल, नेपालका एक जन जवानले आत्महत्याको प्रयास गरेका छन्। सशस्त्र प्रहरी बलको १२ नम्बर गण बाराका सशस्त्र प्रहरी जवान घनश्याम चौधरीले आफैँले बोकेको खुकुरीले घाँटी रेटेर आत्महत्या प्रयास गरेका हुन्। अवस्था गम्भीर रहेका उनको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको गणले जनाएको छ।रास्स

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारणा गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको प्रस्ट्याएका हुन् । बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट […]

४ मंसिरमा हुने आम​ निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन हुने भएका हुन्। यी मध्ये केही जनशक्ति परिचालन भइसकेका छन् ।  समानुपातिक निर्वाचन प्रणालीका मुख्य […]

पाल्पामा एक जनाको लडेर ज्यान गएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं.५ तमासगिरी बस्ने ६८ वर्षीय मानबहादुर सिंजालीको गोरेटो बाटोबाट खसेर मृत्यु भएको हो । सिंजाली मंगलबार बेलुका घर नजिकैको गेजा भन्ने ठाउँदेखि घरतर्फ जाँदै गर्दा कामुखोला नजिकैको गोरेटो बाटोदेखि करिब तीन सय मिटर तल खसेर घाइते भएका थिए ।उनलाई अचेत अवस्थामा देखेपछि स्थानीयले […]

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरुले बिहीबारदेखि चुनाव केन्द्रित प्रचारप्रसारलाई व्यापक बनाउन पाउने भएका छन् । उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा […]

नेपाल–भारतका गृह प्रशासन अधिकारीहरुको संयुक्त बैठकले निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमामा आवतजावत रोक्ने सहमति गरेका छन् । भारत बिहार राज्यको रक्सौलमा मङ्गलबार बसेको दुवै देशका सीमावर्ती जिल्ला सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरुको बैठकले आगामी निर्वाचनका लागि मङ्सिर २ देखि ४ गतेसम्म सीमा सिल गर्ने सहमति गरेको हो । नेपाल–भारत जिल्ला स्तरीय सीमा समन्वय […]