१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

समाचार

बाँकेमा राती ९ बजेपछि देउसी भैलो खेल्न रोक

बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ’, उनले भने । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र […]

चुनावको मुखमा नेपाल प्रहरीको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकारीको जागिर लम्ब्याउन नियमावली संशोधन गर्न लागिएको छ ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा एआइजीको अनिवार्य अवकाशको उमेर ५६ बाट ५८ वर्ष बनाउने प्रस्ताव लगेका हुन् । नेपाल प्रहरीका एआइजीद्वय अरुण बिसी र रवीन्द्रबहादुर धानकुले यही […]

ABC (क्राईमबिट) काठमाडौं । महाराजगञ्‍ज माननीय गृह मन्त्री बालकृष्ण खाणज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आईतबार आयोजित विशेष समारोह बीच प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औं (PGDPS 12th) समूहको तालिमको दीक्षान्त समारोह सम्पन्‍न भएको छ । समारोहमा प्रमुख अतिथि मानीय गृहमन्त्रीज्यूले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरी दीक्षित प्रहरी अधिकृतहरुलाई निर्देशन […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्तिक २ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका बंशीराज दाहाललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालयले डिभिजन बन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ बर्षिय किरण तिवारी र तुल्सीपुर १८ दाङ बस्ने २७ बर्षिय भरत चौधरीलाई लाई १४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए । उनिहरुलाई ईलाका प्रहरी कार्यालय […]

लुम्बिनी प्रदेश सरकारका बहालवाला मन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भारतीय गाडीको लस्करसहित चुनावी प्रचार गरेका छन्। लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री सहसराम यादवले निर्वाचन प्रचारका निम्ति भारतीय गाडी प्रयोग गरेका हुन्। आगामी मंसिर ४ मा हुने निर्वाचनमा यादव कपिलवस्तु क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार छन्। यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भई प्रदेश सभा […]

दाङको बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्। जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. २ की १३-१४ बर्षीया रमा शाह र सल्यान दामाचौर – १ की १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका हुन्। चन्द आफन्तको घरमा पाहुना आएकी थिइन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार दिउँसो १ बजेतिर […]

डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म डेंगीबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगीको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ। मुलुकका ७७ वटै जिल्लामा डेंगी फैलिएको मन्त्रालयले जनाएको छ। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय १६ छ। हालसम्म नेपालमा […]

ABC (क्राईमबिट) काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट तस्करीको सुन पनि बरामद भएको छ । विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब ७० ग्राम सहित दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय दल बहादुर डाँगीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा […]

सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो। परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने […]