काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका २९३ जना सहायक हवल्दारहरुको बुधबार पदस्थापन गरेको हो । उनीहरु प्रहरी उपरीक्षकको असार १ गतेको निर्णयानुसार प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका थिए । उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने […]
कैलाली । ईलाका प्रहरी कार्यालय (इप्रका) मालाखेती परिसरमा प्रहरीले गर्ने नियमित अपरेशनसंगै आफ्नो कार्यक्षेत्रमा हुने घटना दुर्घटनाका मुद्धा मामलामा यहाँका प्रहरी कर्मचारी व्यस्त नै देखिन्छन् । अझ सुदूरपश्चिमका नौ ओटै जिल्ला जोड्ने प्रमुख बिन्दु पनि अत्तरिया नै भएकोले चौराहमै रहेको यो प्रहरी कार्यालयमा सेवाग्राहीको आवतजावत बाक्लो नै हुन्छ । सधैँजसो बाक्लै आवतजावत देखिने इप्रका […]
धरान । सन्चारकर्मी सन्जिता धमलालाई बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आक्रमण प्रकरणमा थप एक जना महिला पक्राउ परेका छन् । प्रहरीले आज विहानै धरान १८ स्थित ग्रीन टिबाट सृजना बेघालाई पक्राउ गरेको हो । उक्त ग्रीन टि मेयर हर्क साम्पाङ र उनका समर्थकहरु बिहान-बेलुका भेला हुने ठाउँ हो । हिजो बीपी हस्पिटलको रेडियोलोजी विभागमा […]
दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी भालुवाङस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेट क्वाटर ज्वालामाई गण भालुवाङले सन्देशमूलक विविध सांस्कृतिक प्रस्तुतिहरुका साथमा आफ्नो २० औँ स्थापना दिवस भव्यरुपमा मनाएको छ । बुधबार बिहान राप्ती गाउँपालिका १, गणको परिसर भालुवाङमा कार्यक्रम सम्पन्न गरिएको हो । कमाण्ड पाेष्ट अर्थात् दंगा प्रहरीका रूपमा विक्रम सम्बत २०६१ […]
धरान । मेयर हर्कराज राईका समर्थक हौँ भन्दै केही महिलाहरुले आज धरानमा पत्रकार संजिता धमलामाथी आक्रमण गरेका छन् । यो सांघातिक आक्रमणको जति निन्दा गरे पनि कम हुन्छ । स्वतन्तको नाममा महिला दिदीबहिनीहरुले अस्पतालमा उपचार गर्न गएको बिरामी माथी आक्रमण गरेको र आक्रमणको पक्षपोषण गर्दै मेयर राईले जुन अभिव्यक्ति दिइरहेका छन् त्यो अत्यन्तै […]
(सागर थापा) कपिलवस्तु । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. २ कैलाश आश्रम मनकामना मन्दिर धार्मिक वन परिषर भित्र सोही धार्मिक वनले श्रीमती संघकै वाटिका निर्माणको लागि प्रदान गरेको अन्दाजी ३ कट्ठा क्षेत्रफलमा बृक्षारोपण कार्यमा सरिक हुनको लागि पाल्नु भएको छ । लुम्बिनी प्रहरी प्रदेश श्रीमती संघकी अध्यक्ष […]
विराटनगर । १५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा घाइते हुने प्रहरीको सङ्ख्या ३० जना पुगेको छ । जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् । कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी अबिनारायण काफ्लेका अनुसार घाइते हुनेहरुमा आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर, योगेन्द्र मगर, सञ्जय ओझा, सौगात थापा, सुमन भुजेल र […]
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित मिति २०८१-०४-०१ गते अन्दाजी १६:५० बजेको समयमा प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्जबाट अन्यत्र तर्फ जाने सार्वजिनक सवारी साधनहरूलाई रोकी जाँच गर्ने क्रममा सार्वजनिक बसको डिकीमा लुकाइ छिपाइ राखिएको अंन्दाजि मूल्य रू.४,००,०००।– ( चार लाख ) बराबरका भारतीय विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरी वीरगञ्ज […]
बझाङ । तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको भयंकर आलोचना भयो । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् । आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका उनको […]
बारा । ईलाका प्रहरी कार्यालय जितपुर बारा मातहत खटिएका प्रहरी टोलिले नियमित चेकजाँच गर्नेक्रममा गाडिहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अंन्दाजि मुल्य रू.६ लाख ९७ हजार ७ सय ६२ रूपैया बराबरको अबैध समान(जिरा, अजिना, तिल, काजु)नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाएको छ। मिति २०८१/०४/०१ गते अंन्दाजि २५:३० […]