बाँके । नेपालगंज उ.म.न.पा. २ बागेश्वरि मन्दिर नजिक उभिएका देश भारत जिल्ला बहराईच बस्ने वर्ष १८ को रियाज कुरेसि र ऐ. बस्ने वर्ष १८ को मोहम्मद आरिफ बेहना लाई शंका लागि चेक जांच गर्दा मो. आरिफ बेहनाले लगाएको पाईन्टको अगाडिको बेल्टको भित्र पट्टि पान मसलाको प्याकेटमा लुकाई छिपाई राखेको शुद्ध तौल गर्दा १० ग्राम लागू […]
(रोशन निधि) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१५ बसपार्क स्थित सडकखण्डमा मिति २०८१-०२-३१गते अन्दाजी १०:००बजेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा BR05AY1346 नम्बरको TATA Tiago चार पाङग्रे गाडीलाई रोकी कानूनी रीतपुर्याई चेक जाँच गर्ने क्रममा उक्त गाडीको चालक छेउको सिट कभरको खल्तीमा लुकाइ छिपाई सेतो प्लाष्टिकको झोलाभित्र लागु औषध […]
(रोशन निधि) कोशी । प्रदेशको सरकार गठनको विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ । बिहीबार न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ । वैशाख २७ गते कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेपछि पूर्व मुख्यमन्त्री केदार कार्कीले […]
(ABC-Sanchar) काठमाडौं । जेठ १८ गतेको सिफारिस अनुसार एसपीबाट एसएसपीमा बढुवा भएका श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तिराज गुरुङलाई आज आईजीपी बसन्त बहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । त्यस्तै डीएसपीबाट एसपीमा बढुवा भएका प्रदीपबहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मार एकनारायण कोइरालाले पनि आजै आईजीपी कुँवरबाट दर्ज्यानी चिन्ह पाएका हुन् ।
(बिदुर एम सी) काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी केन्द्र मानिने दाङ-देउखुरीकाे भालुवाङमा व्यक्तिकाे जग्गा सशस्त्र प्रहरीले कब्जा गरेकाे बिषय संघीय संसदमा उठेकाे छ । प्रतिनिधिसभाकाे बुधबार अपरान्ह बैठकमा शून्य समयमा बाेल्दै प्रतिनिधिसभा सदस्य मेटमणी चाैधरीले सशस्त्र प्रहरीकाे कब्जामा रहेकाे व्यक्तिकाे जग्गा तत्काल फिर्ता गर्न माग गरेका छन् । देशमा शान्ति प्रक्रिया आईसकेकाे यतिका समयसम्म पनि […]
(ABC-Sanchar) काठमाडौं । बंगलादेश सरकारले नेपालबाट आयात गर्ने विद्युत्को मूल्य स्वीकृत गरेलगत्तै नेपालले बंगलादेशलाई विद्युत बेच्ने बाटो खुलेको छ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले मंगलबार नेपालबाट आयात गरिने ४० मेगावाट विद्युत्को मूल्य स्वीकृत गरेको हो । बंगलादेशी सञ्चारमाध्यमका अनुसार अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको बैठकले विद्युत्को मूल्यलाई अनुमोदन गरेको थियो । बैठकपछि […]
(ABC-Sanchar) काठमाडौं । उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्याएको जनाउँदै प्राधिकरणले केही दिनअघि क्याप्टेन लामा र क्याप्टेन भावना पन्तलाई उडानमा प्रतिबन्ध लगाएको हाे। लगत्तै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको […]
(ABC-Sanchar) काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय माननीय उपप्रधानमन्त्री एंव गृहमन्त्रीस्तरको मिति २०८१/०२/१६ गतेको निर्णायानुसार साविक नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय, सामाखुशी, काठमाण्डौंबाट कार्यालयमा सरुवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर वि.क. लाई आज एक कार्यक्रम बिच यस कार्यलयमा स्वागत गरियो छ ।
(सागर थापा) बाँके । लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान-२०८१” अन्तर्गत मिति २०८१।०२।३० गते बाँके जिल्लाको रांझा बिमानस्थलमा नेपाल प्रहरी केनाईन शाखा कोहलपुर बाँकेबाट ल्याईएका लागू औषध सम्बन्धि तालिम प्राप्त कुकुरहरु द्वारा नेपालको बिभिन्न स्थान लैजाने समानहरुको चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।