२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

समाचार

बारा प्रहरीले भन्सार छलीका १ लाख भन्दा बढी मूल्यका कपडाहरु पक्राउ

  बारा । विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैया र मधेश प्रदेश प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले भन्सार छलीका कपडा बरामद गरेको हो। प्रहरीद्वारा संचालित जाँच अभियानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक क्षेत्रबाट एक लाख ३५ हजार रुपैंयाँ मूल्य बराबरका कपडा बरामद गरिएको छ। बरामद कपडालाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय […]

  काठमाण्डौ । बसुन्धारा स्थित ओम इन्टरनेशनल प्रा.लि. बाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाउने भनी ८५ जना व्यक्तिहरुबाट १ करोड ९७ लाख बराबरको रकम ठगी गर्ने गुनेश कुमार ठाकुरलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाइएको छ।

  पर्सा । बैकुण्ठधाम तिर्थ पुगेर बसबाट मकवानपुरतर्फ फर्किदै गरेका एक जना यात्रुलाई घण्टाघरस्थित प्रहरीले बिनाकारण कुटपिट गरेको पिडितको भनाई छ । सोमवार साँझ तिर्थयात्राबाट फर्किदै गरेको बससँग घण्टाघर चोकमै स्कुटी ठोक्किएको थियो । स्कुटीका चालकले आफुलाई पनि केही नभएको र स्कुटी पनि केही नभएको बताउँदै गएपछि बसका चालकसँग र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधखोज गरेको […]

  पर्सा । प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा नियमितरूपमा चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट संकास्पदरूपमा आउदै गरेको निम्न लिखित वतनका एक जना पुरूष व्यक्तिलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू.५०० दरका नोट ४३८ थान गरी जम्मा भारतीय […]

  पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१६ शकराचार्य गेट स्थित सडकमा यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा दुई जना नेपालबाट भारततर्फ संकाष्पदरूपमा पैदल हिंडिरहेका व्यक्तिहरुलाई रोकी चेकजाँच गर्दा निम्न नामथर वतन भएका व्यक्तीहरुलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजहरुको शरीरको तिघ्रामा कालो रङको प्लाष्टिकले बेरी बोकेको अवस्थामा र पछाडी […]

  पर्सा । प्रहरीले विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न स्थानबाट निम्न मालबस्तुहरू अ.मु.रू. ४३,९४,३३२।- (त्रिचालिस लाख चौरानब्बे हजार तीन सय बत्तीस) बराबरको कपडाहरू आवश्यक कारवाहीको लागि मिति २०८१।०४।२२ गते निम्न कार्यालयमा बुझाइएको । पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का. पर्सा । १. मिति २०८१।०४।२१ गते अं.१६:४० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा […]

  काठमाडौं । पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा पहिरो खसेपछि बिहान साढे ७ बजेदेखि नै यस सडकखण्डमा यातायात ठप्प भएका छन्। चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ४ पृथ्वीराजमार्ग स्थित नाग्दी खोला सडक माथिबाट ढुंगासहितको पहिरो आई सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ। अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ। पहिरो पन्छाउन डेढ […]

  काठमाडौं । मंगलबार साँझ सिंह दरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं उपत्यका प्रहरी प्रमुख पनि हेरफेर गरेको हो। यसअघि उपत्यका प्रहरी प्रमुख रहेका एआईजी दीपक थापालाई सीआईबीको जिम्मा दिइएको छ। थापा आगामी चैतमा प्रहरी महानिरीक्षक बन्ने सबैभन्दा बलिया दाबेदार हुन्। उनले नेपाल प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। प्रहरी महानिरीक्षक […]

  कपिलवस्तु । विजयनगर वडा नम्बर- ७ गेडुवाजोतमा दुई मोटरसाइकल मार्फत् भित्र्याइएको उक्त सङ्ख्याको चल्ला सशस्त्र प्रहरीले मंगलबार बिहान बरामद गरी नष्ट गरेको हो। बिओपी कृषण्नगरका प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार बिहान ४ बजे तस्करहरूले लु १७ प ७४७९ र ना.६ प ९९९९ नम्बरको दुई मोटरसाइकलमा ती चल्लाहरु भारतबाट लुकीछिपी भित्र्याएका थिए। सशस्त्रको टोलीलाई […]

  दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।०४।२२ गते घोराही उपमहानगरपालिका वडा नं. ६ जजरागाउँ स्थित माध्यामिक विद्यालय जजरागाउँमा समाज कल्याण केन्द्र नेपाल घोराही दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्य एवं संस्थाका अध्यक्ष निर्मला गौतमको अध्यक्षता, घोराही उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु आचार्यको प्रमुख आतिथ्यता, प्रधानाध्यापक तिल […]