(ABC-Sanchar) काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।
(ABC-Sanchar) काठमाडौं । संघीय संसदको संयुक्त बैठक प्रतिनिधि सभा र राष्ट्रिय सभामा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका छन्। अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट पेस गरेका हुन्। सदनमा बजेट प्रस्तुत गर्नुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको थियो। सरकारले आगामी आर्थिक वर्षको लागि वितरणमुखी कार्यक्रमसहित १९ खर्ब बढीको बजेट प्रस्तुत गरेको छ।
(ABC-Sanchar) काठमाडौं । नागरिकता सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ। प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। काव्या अस्पतालले थप उपचारका लागि रिफर गरेपछि दिउँसो तीन बजे […]
(ABC-Sanchar) काठमाडौं । सोमबार दिउँसो पौने १ बजेतिर जाल्पारोडका एक स्थानीयको घरको गेटमा पुरुष शिशु फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले नवजात शिशु कसैले छाडेर फरार भएको भनी खबर गरेपछि पुगेको प्रहरीले बालकलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाएको छ । शिशु हल्का बिरामी देखिए पनि ठुलो समस्या नरहेको र उपचार भइरहेको कास्कीका प्रहरी […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसा कायम गरिएको छ। सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रूपैयाँ २६ पैसा कायम थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको हो। […]
ABC(क्राईमबिट) काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीका चार दिन ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा मंगलबार उनले उक्त घोषणा गरेका हुन्। गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास, अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका चार दिन सडकमा डिउटी गर्नु पर्दैन।’ […]
ABC (क्राईमबिट) दाङ । सोमबार अन्दाजी ९ बजेतिर इलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले गढवा गाउँपालिका ६ स्थित गढवाबाट लमही तर्फ जाँदै गरेको रा ८ प ४७८९ नम्बरको मोटरसाइकल संका लागेर चेकजाँच गर्दा अवैध लागुऔषध ब्राउन सुगर र नगद रकमसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी […]
(सागर थापा) काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ जेठ १३ गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायब महानिरीक्षक डिआईजी पदमा बढुवा सिफारिस हुनु भएका कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कृष्ण हरि शर्मा मिति २०८१/०२/१४ गते दर्ज्यानी चिन्हद्वारा शुशोभन पश्चात कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, जुनियर प्रहरी अधिकृत […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीको एसएसपी प्रहरी वरिष्ठ उपरीक्षकबाट डीआईजी प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका ४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी वसन्त कुँवरले नव नियुक्त डीआईजीहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् । जेठ ४ मा बढुवा समितिले गरेको सिफारिस अनुसार आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कृष्णहरि शर्मा […]
(ABC-Sanchar) काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो। गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन हुँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने भन्दै अधिवक्ता अतुल विष्टले सोमबार सर्वोच्च अदालतमा रिट दायर […]