२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

समाचार

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

  दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु१ज १३८३ नंको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय […]

बारा । जिल्ला प्रहरी कार्यालय मातहत निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले निम्न मिति र स्थानमा निम्न वमोजिमको अबैध भन्सार छलीका अंन्दाजि मुल्य रू.२ लाख ६२ हजार ४ सय १० रूपैया बराबरको समानहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाढि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ। १. प्रहरी ईकाइ:- जिल्ला प्रहरी कार्यालय बारा […]

  मधेसप्रदेश । जिल्ला महोत्तरी समसि गाउँपालिका वडा नाेमबर ७ स्थित मिति २०८१-०४-०३ गते अन्दाजी १५:०० बजेको समयमा BR 06 AD-0191 नम्बरको Passion pro माेटरसाईकलमा भारत बाट नेपाल तर्फ भन्सार छलि विभिन्न किसिमका खाद्यानय समाग्री लयाउदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहत खटिएको प्रहरी टाेलिले चामल,पयाज,मैदा ,मटर लगायतका खाद्यान्नय तथा किराना सामग्रीहरु र […]

  चितवन । भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए । नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना […]

बाँके । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो । महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास सुरु गर्न लागिएको बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंले जानकारी दिए ।   यही साउन १६ गतेदेखि […]

जिल्ला अदालत बाँकेले पुराना मुद्दाको फैसलालाई पहिलो प्राथमिकता दिने बाँके । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो । महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास सुरु गर्न लागिएको बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंले जानकारी दिए । यही साउन १६ गतेदेखि छुट्टै इजलासबाट उक्त मुद्दाको सुनुवाइ गरिने जनाउँदै न्यायाधीश प्रसाईंले सोका लागि आवश्यक तयारी भइरहेको बताए । उनका अनुसार काठमाडौँ, मोरङ, कास्की, बाँके, धनुषा र रुपन्देही जिल्ला अदालतमा यस्तो इजलास सुरु भइसकेको छ । पुराना मुद्दाको फैसला प्राथमिकतामा जिल्ला अदालतले सेवाग्राहीलाई छिटो र सहज मुद्दा फछ्र्याैट गर्न सुरु गरेको पारिवारिक अदालतको तयारीलाई दु्रतगतिमा अघि बढाइएको छ । योसँगै अदालतले पुराना मुद्दालाई फछ्र्याैट गरी शून्यमा झार्ने गरी कार्यसम्पादन गरिरहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म दुई वर्ष नाघेका ७४ मुद्दा मात्रै फछ्र्याैट गर्न बाँकी रहेको अदालतका न्यायाधीश प्रसाईंले बताए । उनका अनुसार चालु आवमा जिम्मेवारी सरेर आएका तीन हजार चार सय ३२ मध्ये दुई वर्ष वा सोभन्दा बढीका आठ सय ७० मुद्दा मात्रै फछ्र्याैट गर्न बाँकी छन् । अदातलको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला न्यायाधीश प्रसाईंले न्याय सम्पादनका लागि सर्वोच्च अदालतको नीतिअनुसार मुद्दाको वर्गीकरण गरी न्याय सम्पादनको कार्य अघि बढाइएको जानकारी दिए । उनका अनुसार मुद्दालाई तीन वर्गमा विभाजन गरेर सुनुवाइ भइरहेको छ । सरल, सामान्य, र विशेष गरी तीन किसिममा मुद्दाको वर्गीकरण गरी सुनुवाइ भइरहेको उनले बताए । उनले भने, ‘डिसिएम (फरक मुद्दाको व्यवस्थापन पद्धति) पछि मुद्दाको सुनुवाइ सहज भएको छ ।’ चालु आवमा सरल एक हजार दुई सय ५५, सामान्य एक हजार सात सय ५३, विशेष चार सय २४ मुद्दाको जिम्मेवारी सरेर आएको अदालतको तथ्याङ्क उल्लेख गरिएको छ । एक वर्षमा चार हजार बढी मुद्दा फछ्र्याैट अदालतले एक वर्षको अवधिमा चार हजार दुई सय १५ मुद्दा फछ्र्याैट गरेको छ । गत वर्षको जिम्मेवारी सरेका तीन हजार दुई सय ३० र एक आर्थिक वर्षको अवधिमा नयाँ दर्ता भएका चार हजार चार सय १७ गरी जम्मा लगत सात हजार छ सय ४७ भएकामा चार हजार दुई सय १५ वटा मुद्दा फछ्र्याैट गरिएको न्यायाधीश प्रसाईंले जानकारी दिए । अदालतले पाँच हजार ८१ मुद्दा फछ्र्याैट गर्ने लक्ष्य राखेकामा ५५ दशमलव ११ प्रतिशत फछ्र्याैट भएको हो । दुई वर्षभित्रका एक सय ७२ र दुई वर्ष नाघेका ७४ मुद्दा विचराधीन छन् । जिल्ला अदालत बाँकेमा गत असार मसान्तसम्म तीन हजार चार सय ३२ मुद्दा विचाराधीन रहेका न्यायाधीश प्रसाईंले बताए । अदालतले लक्ष्यको ८२.९५ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ । विभिन्न प्राविधिक कारणले शतप्रतिशत लक्ष्य हासिल गर्न नसकेता पनि मुद्दा फछ्र्याैट प्रतिशत सन्तोषजनक रहेको प्रसाईंको भनाइ छ । ‘जिल्ला अदालतले बिदाको दिनसमेत गणना गर्ने हो भने प्रतिदिन करिब १२ वटा मुद्दा फैसला गरेको देखिन्छ । अदालतमा हाल आठजना न्यायाधीशको दरबन्दी छ । हाल सात न्यायाधीश मात्रै कार्यरत छन् । केही महिनाभित्र रिक्त स्थानमा पदपूर्ति भएमा नतिजा थप सकारात्मक आउनेमा विश्वस्त छौँ’, न्यायाधीश प्रसाईंले भने । स्वचालित मेसिनमार्फत तारिख चालु आर्थिक वर्षको सुरुदेखि बाँके जिल्ला अदालतले अटो स्वचालित मेसिनद्वारा पेशी र तारिख दिने व्यवस्था सुरु गरेको छ । पत्रकार भेटघाटका क्रममा जिल्ला न्यायाधीश प्रसाईंले तारिख दिँदा हुनसक्ने अनियमितता रोक्न बाँकेलगायत देशैभरिका अदालतमा अटोमेसिनद्वारा तारिख र पेशीको तोक्ने व्यवस्था मिलाइएको जानकारी दिए । लागुऔषधका मुद्दा धेरै बाँकेमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको सन्दर्भमा लागुऔषधका मुद्दा बढी भएको पाइएको छ । वर्षभरिमा बाँके जिल्ला अदालतमा दर्ता भएका मुद्दा हेर्दा बढी मात्रामा लागुऔषधसम्बन्धी रहेका अदालतले जनाएको छ । हालको तथ्याङ्क हेर्दा लागुऔषध दुव्र्यसनी रोक्न सरोकार भएका निकाय थप जिम्मेवार बन्नुपर्नेमा जिल्ला न्यायाधीश प्रसाईंले जोड दिनुभयो । लागुऔषधपछि जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, बैंङ्किङ कसुर, सम्बन्धविच्छेद, अंशलगायत रहेका छन् । मेलमिलापमा कमी अदालतमा एक वर्षको अवधिमा पाँच हजार नौ सय ८४ मुद्दा मेलमिलापमा पठाइएकामा एक सय ७९ मात्रै सफल भएका छन् । मेलमिलापमा पक्ष नै अनिच्छुक भई नआउने भएपछि मेलमिलाप सफल हुन नसकेको जिल्ला न्यायाधीश प्रसाईंले बताए । अदालतको वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा जिल्ला न्यायाधीश प्रसाईंका साथै न्यायाधीश इन्द्रबहादुर कठायत र दीपक घिमिरे, श्रेष्तेदार गोविन्द आचार्यलगायत उपस्थित थिए । -रासस

  बाँके । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो । महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास सुरु गर्न लागिएको बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंले जानकारी दिए ।   यही साउन १६ […]

  काठमाडौं । शुक्रबार न्यूरोडमा फुटपाथ विस्तारको विरोध गर्दै स्थानीयले उनको पुत्ला दहन गरेको थियो । सोही क्रममा खिचिएको फोटो अहिले आफनो प्रोफाइल राखेका हुन् । शुक्रबारदेखि स्थानीय फुटपाथको विरोध गर्दै आन्दोलित बनेका छन् । साथै उनले स्माइलवाला इमाेजी पनि राखेका छन् । उनको यो व्यक्तिगत खातामा ३ लाख ४१ हजार फलोअर्स छन् । बालेनकाे […]

  काठमाडौं । हाइटीमा यस हप्ताको सुरुमा हाइटीको तटमा उनीहरू यात्रा गरिरहेको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै शुक्रबार रिपोर्ट गरेको हो। ८० भन्दा बढी आप्रवासी बोकेर बुधबार हाइटी छोडेको जहाज टर्क्स र काइकोसतर्फ जाँदै गरेको आईओएमले जनाएको छ। बाँचेका ४१ जनालाई हाइटीको कोस्ट […]

  रौतहट । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमान्डमा सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनारबाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाडीमा जङ्गलबाट अवैध चोरीलुकी ल्याइएको ५ थान सालको […]

  काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार हरिहरनाथ योगीलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र वीरेन्द्रबहादुर शाहीलाई तनहुँमा पठाइएको छ । यस्तै, तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा पठाइएको छ । ४ महिना अघिमात्र तनहुँमा गएका बोहराको अवधि नपुग्दै तानिएका हुन् । यस्तै, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत […]