२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

नेपाललाई १७२ रनको चुनौती

(एबिसि संचार ) हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जित्न पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको हो ।

(एबिसि संचार ) बझाङ्गका युवकसहित दुई जना कैलालीबाट लागूऔषधसहित पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुरबाट २ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित बझाङ्गको केदारस्यु गाउँपालिका-७ बस्ने ३८ वर्षीय खडक धामीसहित दुई जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

(एबिसि संचार ) कैलालीको टीकापुर स्थित एक घरमा ग्याँस बन्द गर्ने क्रममा आगलागी भएको छ। टीकापुर नगरपालिका-१ ब्लक नम्बर-९ स्थित आशिष बजगाईको घरको भान्सा कोठामा चिया पकाई ग्याँस बन्द गर्ने क्रममा मंगलवार साँझ आगलागी भएको हो। आगलागी हुँदा भान्साकोठा भित्र रहेका फ्रीज, पङ्खा, किचन ¥याक, ग्याँस चुलो, सोफा सेट, एलइडी टिभी लगायतका सामान गरी अन्दाजी […]

(एबिसि संचार ) कैलालीको धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-३ चौराह नजिक र भजनी नगरपालिका-५ जुठाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १८ हजार ३५० मूल्यको प्याज, चिनी, चक्लेट, खेलौना, बोईलर कुखुरा लगायतका सामानहरु मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

(एबिसि संचार ) कञ्चनपुरमा चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा २० हजार जरीवाना ठहर भई फरार रहेका भीमदत्त नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्। किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार घरबाट पक्राउ हो ।

(एबिसि संचार ) एक महिनादेखि बेपत्ता भएकी एक युवतीको हत्या भएको खुलेको छ । काठमाडौंको तारे भीरमा हत्या गरेर पुरेको अवस्थामा ती युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको हो । उनको हत्या भएको प्रहरीको प्रारमिभक […]

(एबिसि संचार )                                                              नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा […]

(एबिसि संचार )                                                              बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् ।प्रहरीले पोखरा ८, सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठलाई पक्राउ गरेको […]

(एबिसि संचार )                                                              भिजिट भिसामा दुबई पठाउन खोजेको आरोपमा प्रहरीले थप एकजना एजेन्टलाई पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर काठमाडौँ–१६ माछापोखरी बस्ने […]

(एबिसि संचार ) बाजुराको एक होटलमा आगलागी भएको छ। जिल्लाको बडीमालिका नगरपालिका–६ नुनेपानीका उमेशबहादुर कार्कीको होटलमा सोमबार राति आगलागी भएको हो।आगलागीबाट होटलभित्र रहेका सम्पुर्ण सरसमान र मोटरसाइकल २ थान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

error: Content is protected !!