(एबिसि संचार ) सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको छ । आज बिहान ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको हो । विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
(एबिसि संचार ) कैलालीमा निलम्बनमा परेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट २ शिक्षक कुटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष भनिएका भरतराज जोशीले २ शिक्षकलाई कुटपिट गरेका हुन। उनले नवराज भट्ट र मदनराज भाटमाथि कुटपिट गरेका प्रहरीले बताएको छ।
(एबिसि संचार ) ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बाँसगढी नगरपालिका-२ मनमडुवा […]
(एबिसि संचार ) जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ५ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक […]
(एबिसि संचार ) धनगढीको एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका १२ बस्ने २० वर्षीय भरत सुनार पक्राउ परेका हुन्। उनलाई अदालत समक्ष पेश गरिएको प्रहरीले बताएको छ।
(एबिसि संचार ) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाइएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो । लामो समय विमानस्थलमा बसेका प्रहरी कर्मचारीलाई हटाइएको र उनीहरुको ठाउँमा उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले जानकारी दिए ।जिम्मेवारीबाट हटाइएकामा […]
(एबिसि संचार ) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले नेपाल आउने भएका छन् । नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन् । चार […]
(एबिसि संचार ) कैलालीमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट ९५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित अछाम साँफेबगर नगरपालिका-४ बस्ने ३० वर्षीय सन्तोष सुनारलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। सुनारलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा लागूऔषधसहित पक्राउ गरेको हो।
(एबिसि संचार ) सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै नो अब्जेक्सन लेटर (एनओसी) शाखा प्रमुखले पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित एनओसी शाखामा एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक […]
(एबिसि संचार ) होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गर्ने विराटनगरकी एक होस्टल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]