३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

समाचार

राप्ती नदिमा खसेको बस निकालियाे पूलमा हुने भयो निकै जोखिम

  बिदुर एम सी, माघ ०२, भालुवाङ । भालुवाङकाे राप्ती पूलबाट तल बगरमा खसेको डिलक्स बस क्रेनकाे सहायताले माथि सडकमा निकालिएको छ । सोमबार दिउँसो र रातिको कोशिशले बस माथि सडकमा ल्याइएको छ । जहाँबाट बस खसेको थियो, त्यहीँबाट सोही बसलाई निकाल्दाखेरि पूलको छेउको बाँकी रहेको रेलिङबार पनि भाँचिएको छ । यसरी बस खस्दा र […]

(एबिसि संचार ) चितवनमा खाना पकाउने ग्यास सिलिण्डर चुहावट भएर पड्किँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ डेरीचोकका ५० वर्षीय मनिष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। […]

(एबिसि संचार )                                                                सुनसरी, धरान उपमहानगरपालिका–४ खैरेनीटार बस्ने २० वर्षीय सुलभ राई समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोमबार दिउँसो प्रहरीले […]

        (तेज ओलि )                                                              तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज राति साढे आठ बजेतिर आगलागी भएको छ । […]

(एबिसि संचार ) दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। सोमबार दोलखाको बिगु गाउँपालिका-१ लामाबगरबाट लप्ची जाने सडक निर्माणको क्रममा सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएर बिगु गाउँपालिका-१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य […]

(एबिसि संचार ) पश्चिम तराईका थारू समुदायमा माघीको रौनक छाएको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । गएराति जाग्राम बसेर भजन कीर्तन गर्ने र आज बिहानै नजिकैको खोला नदीमा गइ नुहाउने गरिन्छ । नुहाएपछि आफू भन्दा ठूला मान्यजनसँग आशीर्वाद लिने […]

(एबिसि संचार ) माघ १ गते लिम्बू जातिले मान्दै आएको कुसङ तङ्वे (नयाँ वर्ष) तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आजदेखि लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४ मा प्रवेश गरेको छ । येले तङ्वे तथा कक्फेक्वा तङ्नामका अवसरमा तेह्रथुमको म्याङलुङस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा […]

(एबिसि संचार ) केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।

(एबिसि संचार ) काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या १६ पुगेको छ। सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा पुगेका १६ जना च्यापिएर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ। घाइतेहरूमध्ये एक जना प्रहरी जवान […]

error: Content is protected !!