ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ। सेनाले सैन्य पदमा २ हजार ९ सय र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ३ सय ९३ जना कर्माचारी मागेको हो। देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक […]
(ABC-Sanchar) काठमाडौँ । तीनकुनेमा प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्तिहरू रिहा भएका छन् । प्रदर्शन स्थलबाट शुक्रवार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले बताए । पूर्व राजाका समर्थक ५ जनालाई चाहिँ प्रहरीले मुद्दा चलाउने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र […]
(ABC-Sanchar) काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन्। शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने बताएका हुन्। शनिबार आन्दोलनकारीलाई आफ्नो घर अगाडि आउन आग्रह गर्दै प्रसाईंले भोली माइतीघरमा कार्यक्रम गर्ने बताए। उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै […]
(ABC-Sanchar) काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो । सरकारले कैलालीको […]
(ABC-Sanchar) काठमाडौं । माइती घरदेखि बानेश्वर सम्मलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गर्दै लिखितरूपमा जवाफ दिन जिल्ला प्रशासनलाई भनेको हो। अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)ले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय […]
(ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले वाक्कदिक्क भएर फ्याँकेको राजतन्त्र पुनः आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, […]
(ABC-Sanchar) काठमाडौं । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए । उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किएको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको व्यवस्थापक मानन्धरले बताउनुभयो । रासस
काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो (ABC-Sanchar) काठमाडौं । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए । उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किएको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको व्यवस्थापक मानन्धरले बताउनुभयो । रासस
(ABC-Sanchar) काठमाडौं । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ।
(एबिसि संचार ) मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ का समर्थकहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रसाईंको आह्वानमा शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हालसम्म २६ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन माइतीघरमा […]