०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

नेपाल प्रहरीको ५ हजार ९ सय ३८ जना जवानहरुको सरुवा निकाल्यो

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा ठुलो सङ्ख्यामा जवानहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले मंगलबार ५ हजार ९३८ जना जवानहरूको सरुवा गरेको हो।

ABC (क्राईमबिट) भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डामा अवस्थित सशष्त्र प्रहरी बल नेपालले प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको चेकजाँच टोलीले राती ९ बजे चेकजाँच गर्ने क्रममा १२ लाख भारतीय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । नेपालतर्फ आउदै गरेको अवस्थामा गाडीमा सवार सुनौली ग्राम पंचायत वडा नं. २० सुनौली का ३८ वर्षिय राजु कौशल, जिल्ला गोरखपुर, […]

 (ABC-Sanchar) दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको हो। पालिकाभित्रका सबै एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको हो। दुहुँ गाउँपालिकाले सूचना जारी गर्दै भत्ता पाउन उमेर पुगेका व्यक्तिलाई वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ। गाउँपालिकाले गैरदलितको हकमा ५० वर्षदेखि ६७ वर्ष ननाघेको तथा दलितको हकमा ५० […]

(ABC-Sanchar) काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली […]

  (ABC-Sanchar) काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सब-इन्जिनियर पन्तलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाण-पत्र दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टंगालबाट खटी गएको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पन्तलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ […]

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको निर्देशन मातहत ट्राफिक प्रहरी पोष्टहरु चिसापानी “धनौली, हाईस्कुल, फुलटेक्रा, सम्झना,शमसेरगंज, धनौली,बसपार्क “लुम्बिनी प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्वसाधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू गरिएको बाँके जिल्ला ट्राफिक […]

(ABC-Sanchar) काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले अधिकार अभावमा प्रदेश सरकार धान खेतमा चरा लखेट्न राखेको बुख्याँचा जस्तो बन्दै गइरहेको बताएका छन् । सोमबार हेटौंडामा संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को प्रमुख आतिथ्यतामा आयोजित एक समारोहमा बोल्दै उनले अधिकार प्राप्त गर्न नसक्दा प्रदेश सरकार नाममात्रमा सीमित भएको बताए । […]

(ABC-Sanchar) चितवन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । काठमाडौँको धुम्बाराहीबाट बरामद भएको बियरलाई विभागले चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको हो । तर, विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै […]

(ABC-Sanchar) काठमाडौँ । सयौँ नायव सुब्बा नासुसहित ठुलो सङ्ख्याका राजपत्र अनङ्कित कर्मचारीहरूको सरुवा तथा काज खटाइएको छ । सर्वोच्च अदालतले सोमबार सर्वोच्च तथा मातहतका निकायमा कार्यरत नायब सुब्बा, सर्भेक्षक, डिट्ठा र तामेलदारको सरुवा गरेको छ भने नासु, सर्भेक्षक, पुस्तकालय सहायक, कम्प्युटर अपरेटर, डिट्ठा र तामेलदारलाई काजमा पठाएको छ ।

(ABC-Sanchar) काठमाडौं । अपराह्न ३ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । त्यस्तै पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ। यद्यपी के कति रेक्टरको भूकम्प गएको हो विवरण आउन बाँकी छ।

error: Content is protected !!