रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाका प्रहरी प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीको ठोकुवा । आफ्नो सेवाक्षेत्र रुपन्देही जिल्ला जेञ्जी आन्दोलनका बावजूद पनि शान्तिसुरक्षा, लागूऔषध, खुल्ला सिमानाका कारण हुने चोरीपैठारी, घरेलु हिंसा, नदिजन्य उत्खनन तथा होटलहरुमा हुने अवैधधन्दा जस्ता चुनौतीपूर्ण समस्यालाई पनि आफ्नो कर्तव्य ठानेर जिल्लाभर शान्तिपूर्ण अवस्था कायम राख्न सफल भएको बताएका छन् […]
दाङ । राप्ती गाउँपालिका ७ मा छलफलको क्रममा थारुले एक महिलामाथी जाईलागेपछी पूर्व सांसद थारुमाथी अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको छ। आफूमाथी कुटपिट तथा हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्धा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छिन्। घुँडामा चोट लागेको र मंगलसुत्र लुटिएको उनले दावि गरिन। पुर्व सांसद थारू कहिले […]
दाङ । घोराही मुलुककै उत्कृष्ट संस्थाकारुपमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था काठमाडौंमा विशेष सम्मान प्राप्त गरेको छ । खानेपानी विभागको ५४ औं वार्षिकोत्सवमा घोराही खानेपानीलाई सम्मानपत्र, दोसल्लासहित विशेष सम्मान गरिएको हो । घोराही खानेपानीका कोषाध्यक्ष ध्रुब केसीले संस्थाको तर्फबाट सम्मानपत्र र दोसल्ला ग्रहण गर्नु भएको थियो । घोराही खानेपानी लुम्बीनी, कर्णाली, सुदुरपश्चिममै पहिलो खानेपानी […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुर भकारे निवासी सीताकुमारी पौडेलले आँखा राम्रोसँग देख्नुहुन्न । उहाँका आफन्तहरू पनि कोही छैनन् । उहाँले पाँच वर्षीय असहाय प्रदिप केसीलाई पालिरहनु भएको छ । प्रदिप यतिबेला स्थानीय नमुना आधारभूत विद्यालयमा अध्ययनरत छन् । पढेर ठूलो मान्छे बन्ने चाहना राखेका प्रदिप सहित सिता जीविको पार्जनका लागि माग्दै गरेको […]
रौतहट । नेपालमा जेन-जेड आन्दोलन भए संगै रौतहट जिल्लामा अवैध कारोबार तस्करी फेरि बढ्दै गएको छ। गौर भन्सारबाट दर्जनौं तस्करहरुले ट्रक भरिएको मालसामान भन्सार छलि गरि शस्त्र प्रहरी र नेपाल प्रहरीको आशिर्वादले तस्करहरुले पटकपटक गरि ट्रकका ट्रक मालसमान गौर बजारमा भित्र्याउने गरेको श्रोतले बताएको छ।दर्जनौं तस्करहरुले गौर भन्सारमा तैनाथ शस्त्र प्रहरी र नेपाल प्रहरी र […]
बारा । देशभर जेन-जीका युवाहरूले भ्रष्टाचारविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाइरहेकै बेला बारा जिल्ला यातायात व्यवस्था कार्यालय भने खुला रूपमा ‘भ्रष्टाचारको हब’ बनेको आरोप स्थानीय स्रोतहरूले कडा रूपमा लगाएका छन्। कार्यालय प्रमुख अविन्दर दासकै प्रत्यक्ष संरक्षणमाै ‘सेटिङ–सिण्डिकेट’ सञ्चालन भइरहेको दाबी सर्वसाधारण र सेवाग्राहीहरूले गरिरहेका छन्। परिवारलाई ‘करार’मा भर्ति गरी कार्यालय कब्जा ? स्थानीय स्रोतका अनुसार, प्रमुख […]
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले उनीसँग २० लाख धरौटी मागेको हो । काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ […]
बारा । झरओखर र कवलपुर नाकामा पछिल्ला करीब एक महिनादेखि तस्करी गतिविधि तीव्र बनेको स्थानीयहरूले बताएका छन्। उनीहरूको दाबी अनुसार सुरक्षाकर्मीको मिलेमतोमा यी नाकाबाट ठूलो मात्रामा सामान ओसारपसार भइरहेको छ। स्थानीय स्रोतका अनुसार कपडाको अवैध कारोबारमा संलग्न भनेर चिनिने सिम्रौनगढ–गोलागंज क्षेत्रका भोला साहलाई तस्करीका लागि ‘लाइन’ उपलब्ध गराइँदै आएको छ। साडी, कुर्ता–सलवार, सुटिङ–सटिङ लगायतका रेडिमेड […]
काठमाडौं । आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले उनीहरूलाई कारबाही गरेको हो। मिडियअन्तर्गत आबद्ध र मिडियाकै झल्को दिनेगरी सामाजिक सञ्जालबाट गलत, भ्रमपूर्ण, गालीगलौजयुक्त, अफवाहपूर्ण, हिंसा, उत्तेजना, सन्त्रासलाई बढावा दिने त्यस्ता सञ्जालहरूलाई कारबाही गरिएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ। काउन्सिलका अनुसार मिडियाअन्तर्गत आबद्ध भएका २५ सञ्जाललाई प्रतिकुल सामग्री सम्पादन तथा स्थगन गराउन निर्देशन दिनुको साथै त्यस्ता कार्य […]
सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी गाँजा बरामद गरेको छ ।जिल्लाको इनरुवा नगरपालिका-७ स्थित चाँदवेलाबाट आज बिहान सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी १ सय ५३ किलो गाँजा बरामद गरेको हो ।सोही क्रममा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी हुन् […]