०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

समाचार

आगामी फागुन २१ गते निर्वाचनका लागि ७ पूर्वसुरक्षाकर्मीले उम्मेदवारी दर्ता गराए,

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ पूर्वसुरक्षाकर्मीले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वसईदेखि पूर्वआईजीसम्म चुनावी मैदानमा उत्रिएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ पूर्वसुरक्षाकर्मीले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । जसमा पूर्वसईदेखि पूर्वआईजीसम्म मैदानमा उत्रिएका छन् । […]

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश […]

पर्सा । बिरगंज आज उनको मुद्दाको सुनुवाइपछि अदालतले १ करोड धरौटीमा रिहा गर्ने आदेश गरेको हो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा दायर मुद्दाको सुनुवाइपछि अदालतले यस्तो आदेश गरेको हो । सहकारीसम्बन्धि मुद्दामा रविविरुद्ध अन्य जिल्लामा दायर मुद्दाको सुनुवाई धेरै अगाडि बढे पनि पर्साको सुनुवाइमा ढिलाइ भएको थियो । न्यायाधीश […]

कपिलवस्तु । सामाजिक सञ्जालमा ‘भाइरल ब्वाई’ भनेर चिनिएका नवराज रेग्मी अहिले निर्वाचन प्रहरी बन्ने सपनासहित अघि बढेका छन्। तीन वर्षअघि टिकटकमा भाइरल भिडियोले चर्चा कमाएका उनले यसपटक निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्। ‘सागर, बसन्ते, किस्ने…’ भन्दै भिडियो बनाएर चर्चामा आएका उनले म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाएपछि जे#ल समेत पुगेका उनी अहिले १९ वर्षका […]

काठमाडौं । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो । हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको सहिद गङ्गलाल हृदय राष्ट्रिय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीले जानकारी दिए […]

दाङ । लमही नगरपालिका ७ स्थित सम्राट सिमेन्टमा काम गर्ने सोही वडाको कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार घाइते चौधरीको […]

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो । रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश […]

कैलाली । नेपाली काङ्ग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् । यस्तै, कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् । शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व […]

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्।

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्ना अन्तर्गत चार हजार ८२८ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार जिल्लामा दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्नका लागि आवेदन माग गरिएकोमा दोब्बर बढी चार हजार […]

error: Content is protected !!