चितवन । दासढुङ्गा पुलबाट हाम फालेकी एक महिलाको ट्राफिक प्रहरीले समयमै उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका छन्। जुगेडीमा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दारद्वय जिबराज भट्टराई र खडक ब. बिष्टले पुलबाट हाम फालेकी महिलालाई उद्धार गरी भरतपुरस्थित अस्पताल पुर्याएका हुन्। प्रहरीको त्वरित सक्रियता र मानवीय साहसका कारण महिलाको ज्यान जोगिएको बताइएको छ।
दाङ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ मा अवस्थित जनता आधारभुत विद्यालय नयाँबस्ती स्थित कक्षा ५ मा अध्ययनरत हिमाली सुनारको अनुहारमा व्यग्लै हर्ष छाएको थियो । सायद उनले विद्यालय जीवनमा पहिलो पटक न्यानो कपडा (विद्यालय ट्राक्सुट) पाएकी थिइन ।सुनार मात्र होइन त्यस विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीहरु तथा वडा नं. ८ मा अवस्थित बालज्योती […]
छालाका लागि गुणकारी सुन्तलाको बोक्रा जाडो मौसम चिसो जस्तै सुन्तलाको सिजन हो काठमाडौं । यो सिजनमा सुन्तला प्रसस्त मात्रामा पाईन्छ । घाममा बसेर सुन्तला खाने सुन्तला पारखीहरु पनि यो सिजना उल्लेख्य संख्यामा भेटिन्छन् । तर, हामी सुन्तला खाएर सुन्तलाको बोक्रा भने डस्बिनमा फ्याकिदिन्छौँ । हामीले बेकामे भनेर खुदीको सेवन पछि फालेको बोक्रा सुन्तलाभन्दा धेरै गुणकारी […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका विभिन्न भू-भागमा मौसममा आंशिक परिवर्तन देखिने पूर्वानुमान सार्वजनिक गरेको छ। विभागका अनुसार चार प्रदेशका केही स्थानमा वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ। बुधबार प्रकाशित मौसम पूर्वानुमान बुलेटिनअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा तथा गण्डकी प्रदेशका सीमित स्थानमा मध्यम […]
कैलाली । पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको पनि जानकारी दिए । विभागबाट प्राप्त विवरणअनुसार […]
काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जनशक्तिको बढुवा तथा पदस्थापन प्रक्रिया अघि बढाएको छ। जनपद प्रहरी समूह अन्तर्गतका प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोकिएको हो। प्रहरी उपरीक्षकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ कार्यरत एक हजार ३२ जना प्रहरी सहायक हवल्दारलाई बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको जनाइएको छ। बढुवा तथा पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ जिम्मेवारीसहित […]
काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]
दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]
काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]