(ABC-Sanchar) धरान । उपमहानगरपालिका उपमेयरको भाइ अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले आक्रमण गरेको छ। हतियारधारी समूहले धरान- १५ स्थित खिरिया गाउँमा उपमेयर बेघाको घरमा आक्रमणसहित तोडफोड गरेको हो। खुकुरी प्रहारबाट उपमेयर बेघाका भाइ विष्णु घाइते भएका छन्। उनकाे देब्रेपट्टीको गालामा चोट लागेको छ। घटनापछि सामाजिक सञ्जालमा लाइभ आएर उपमेयर बेघाले प्रहरीले शान्ति सुरक्षा कायम […]
(ABC-Sanchar) प्युठान । भेलुबाजेका नामले परिचित प्युठानका मीनबहादुर बुढाकी पत्नीको निधन भएको छ। हिजो (सोमबार) उनकी पत्नी बिष्ना बुढाको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको उपचारका क्रममा निधन भएको हो। केही समयदेखि बिरामी रहेकी उनको दिल्लीमा उपचार भइरहेको थियो।
(ABC-Sanchar) दर्चुला । मंगलवार शैल्यशिखर नगरपालिका–९ नायलबाट बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका हुन् । उनीहरुको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम […]
(ABC-Sanchar) काठमाडौं । क्यानडाका प्रधानमन्त्रीको वास्तवमा उनको विमानमा प्राविधिक गडबडीका कारण पहिले नै तय गरिएको योजनाअनुसार आइतबार क्यानडा फर्किन सकेन । क्यानाडाली प्रधानमन्त्रीको कार्यालयले भनेको छ, “क्यानाडाली सेनाले ट्रुडोको फिर्ती सुरक्षित गर्न काम गरिरहेको छ, तर उनले नयाँ दिल्ली छोड्न सक्ने अवस्था मंगलबार दिउँसो मात्रै हुनेछ।” जी-२० शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको तनावपूर्ण भेटपछि ट्रुडो […]
(ABC-Sanchar) काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको छ। मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि हो। इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौंमा निधन […]
(ABC-Sanchar) काठमाडौं । फक्स न्युजका अनुसार कम्युनिष्ट प्रदर्शनकारीहरूले अमेरिकामा मार्क्सवादी क्रान्तिमा विश्वास गर्ने रेभकम (क्रान्तिकारी कम्युनिष्ट पार्टी) को बारेमा चेतना जगाउने क्रममा आफनो राष्ट्रको झन्डा जलाएका हुन् । उनीहरुले अमेरिकी शाषकलाई ‘जनावरपेट’ समेत भनेका छन् । रेभकमका कार्यकर्ताहरूले अमेरिकी झण्डा जलाएपछि पुलिसले सो कार्यलाई ‘गैरकानुनी’ भनेको छ । उनीहरुको सभालाई गैर कानुनी घोषणा गर्दै यस्तो […]
(ABC-Sanchar) काठमाडौं । सिआइबीले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिर बरामत गरिएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज (मंगलबार) सरकारी वकिललाई बुझाउने तयारी गरेको हो। यस प्रकरणमा हालसम्म ३० जना पक्राउ परेका छन्। सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्न […]
(ABC-Sanchar) काठमाडौं। सर्वोच्च अदालतमा रिक्त सबै न्यायाधीश पदमा नियुत्तिका लागि सिफरिस गरिने भएको छ। न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिने सातैजनाको नाम टुंगो लागिसकेको स्रोतले बताएको छ। स्रोतका अनुसार शुक्रबार न्यायपरिषदको बैठक बसेर नाम सिफारिस गर्ने तयारी छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी छ। अहिले सर्वोच्चमा प्रधानन्यायाधीशसहित १४ जना न्यायाधीश मात्र छन्। ७ जना […]
(ABC-Sanchar) चितवन । इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए । अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिंडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी […]
(ABC-Sanchar) काठमाडौँ । संविधानसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष एवं एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङको निधन भएको छ । आज राती साढे १ बजे ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत्यु भएको जनाएको नेम्वाङको स्वकीय सचिवालय स्रोतले जानकारी दिएको हो । नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख […]