(ABC-Sanchar) काठमाडौं । राति १ बजे हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका थिए । उनको शव मंगलबार र बुधबार पार्टी कार्यालयमा राखिने एमालेले जनाएको छ ।
ABC (क्राईमबिट) बाँके । आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृतद्वय दीपक पौडेल र खगेन्द्र सापकोटाले ‘टर्चर’ दिएर पैसा असुलेको एक व्यापारीले आरोप लगाएका छन्। कर अधिकृतको निरन्तर टर्चरले आफूले व्यवसाय नै बन्द गरेको उनले बताएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गुम्राहा चोक निवासी ३० वर्षीय युवा व्यापारीले आफ्नो व्यवसाय बन्द गर्नु परेको हो। […]
(ABC-Sanchar) काठमाडौं । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत सहसचिवसहित दाङ, भक्तपुर, महोत्तरी,बागलुङ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । प्राप्त विवरण अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभाग कालीकास्थान काठमाडौँको महानिर्देशक बनाई पठाइएको छ भने तामाङको ठाउँमा सहसचिव जय नारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्य गृह मन्त्रालयमा कार्यरत […]
ABC (क्राईमबिट) पर्सा । सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगञ्जबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका – १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको सिर्सिया पुल नजिकै रहेको बजरङ्ग टोलस्थित एक गोदामबाट ठूलो मात्रामा अवैध तरिकाले भारतबाट भन्सार छली गरेर ल्याइएको काजु बरामद गरेको हो । विशेष सूचनाको आधारमा १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) […]
(ABC-Sanchar) नवलपुर । कावासोती नगरपालिका १७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना भएका थिए । सघन […]
(ABC-Sanchar) जुम्ला । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अरू कर्मचारी पनि नआउँदा नागरिकता वितरण कार्य बन्द भएको हो प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार इलाका प्रशासन कार्यालयमा निमित्तको रूपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्कै ठाउँमा सरुवा भएपछि काम काज रोकिएको हो । उनले अब अर्को व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै […]
ABC (क्राईमबिट) दाङ । अस्थायी ट्राफिक प्रहरी पोष्ट जसपुरका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक असई बिक्रम विकको नेतृत्वमा खटिएको ट्राफिक प्रहरीले तुलसीपुर १२ को सुकौरा, डिल्ली बजार लगाएका गाउँहरुमा गएर दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको देखिएको हो । ट्राफिक प्रमुख विक र ट्राफिक प्रहरी सहायक हवल्दार जिवलाल भुषालसहितको टोलीले गाउँटोलमै पुगेर सवारी चालक […]
ABC (क्राईमबिट) बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिका-६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो । खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा उनीहरुमाथि कुटपिट भएको बताइएको छ । उनीहरुलाई कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको आफन्तले बताएका छन् । घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कुटपिटको […]
(ABC-Sanchar) काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भारतीय मालवाहक र यात्रुवाहक सवारीसाधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल खारेज गर्न माग गरेको छ। महासंघको भदौ २२ र २३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको आज (आइतबार) निर्णय सार्वजनिक गर्दै भारतीय मालवाहक र यात्रुवाहक सवारीसाधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता […]
(ABC-Sanchar) दाङ । जिल्लामा ठेकेदारका कारण धेरै विकास आयोजना अलपत्र परेका छन् । ठेक्का लिने, पेश्की पनि लिने अनि काम शुरु गरेर हराउने परिपाटी अधिकांश आयोजनामा देखिन्छ । यस्तै गतिविधिको शिकार बनेको छ घोराही उपमहानगरपालिकाको प्रशासनिक भवन । २० करोड पाँच लाख ९२ हजार आठ सय ९२ रुपैयाँमा घोराही उपमहानगरपालिका परिसरमा निर्माणाधीन प्रशासनिक भवन सम्झौताको […]