(ABC-Sanchar) दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताएका छन्। दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उनले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्था समेत गरेको बताए। “कोरियाको जाँड नेपाल आउँछ, त्यो सबैले खान मिल्ने”, उनले भने, “यहाँको जाँड त्यहाँ बेच्न नमिल्ने ?” उनले स्थानीय […]
(ABC-Sanchar) काठमाडौं । वीर अस्पतालमा उपचाररत पूर्व राष्ट्रपति डा रामवरण यादवलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भेट गरेका छन्। भेटका क्रममा मन्त्री बस्नेतले पूर्व राष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्। मन्त्री बस्नेतले पूर्व राष्ट्रपति यादवसहित वीर अस्पतालमा नै उपचाररत तीन जना भिआइपीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका […]
(ABC-Sanchar) पोखरा । भोलिदेखि नियमित गर्ने भएको छ बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो । जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ । तारा […]
(ABC-Sanchar) काठमाडौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला दहन उनीहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै पुत्ला जलाएका हुन् । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयलाई लिएर तरुण दलले त्रि-चन्द्र बहुमुखी क्याम्पस घण्टाघरमा मशाल जुलुस गरेका हुन् । मशाल जुलुसपछि कोण सभामा परिणत भएर गृहमन्त्रीको पुत्ला […]
(ABC-Sanchar) काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ जिल्ला अदालतको आदेशपछि रिहा भएका हुन् । उनलाई जिल्ला अदालत काठमाडौँले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
ABC (क्राईमबिट) काठमाडौं । शुक्रबार राति सुनसरी बर्जु गाउँपालिका-१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरी हातहतियार लुटपाट गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, एउटा उनीहरूले लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए। शुक्रबार राति सुनसरी बर्जु गाउँपालिका-१ […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा शंखमुलबाट एक जना पक्राउ परेकाे छ । सिन्धुली मरिन गाउँपालिका- ४ घर भइ काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने ३० वर्षीय राज कुमार घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले तिब्र गतिमा अनियन्त्रित तरिकाले आउँदै गरेको बा.३७ प […]
(ABC-Sanchar) काठमाडौं । ११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन्। पीडितहरूले काठमाडौँस्थित वैभव ओभरसिज प्रालि, ओमेगा ओभरसिज, जलजला ओभरसिज, न्यु एस बी ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत आफूहरू कुवेत पुगेको बताएका छन्। उनीहरूले जतिसक्दो छिटो उद्धारका लागि नेपाल सरकारसँग अपिल पनि गरेका छन्। […]
(ABC-Sanchar) अछाम । जिल्लाको रामारोशन गाउँपालिका ६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउँद घाइते भएकी छन्। हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो। यस्तै सोहि पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी […]
ABC (क्राईमबिट) ताप्लेजुङ् । कांग्रेस नेता एवं कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङगामले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूलाई मार्ने सार्वजनिक रुपमै धम्की दिएका हुन्। यतिमात्र होइन, उनले डिएसपीको परिवारै सखाप पार्ने धम्की दिएका छन्। उनले कांग्रेसनिकट तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार ताप्लेजुङ प्रहरीविरुद्ध गरेको प्रदर्शन कार्यक्रमका क्रममा […]