०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आगलागी

(ABC-Sanchar) धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ‘बी ब्लक’को सिढीमुनि रहेको बिजुलीको तार सट भइ आगलागी भएको हो । आगलागीबाट मेन स्वीच र मिटर जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए । आगलागीबाट अन्य क्षति भने हुनबाट जोगिएको छ ।

(ABC-Sanchar) काठमाडौं । कहिले धुलाम्ये त कहिले हिलाम्ये सडकमा यात्रा गर्नुपर्दा नागरिकले सास्ती व्यहोर्नु परेको छ। सडक निर्माणको काम सुस्त भएकाले सास्तीका दिन लम्बिइरहेको स्थानीयको गुनासो छ। यो सडक खण्डमा पैदल यात्रीलाई बाटो पाउन मुस्किल छ भने पानी परेको बेला सवारी साधन पनि खाल्डोमा पर्ने जोखिम देखिन्छ।

हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् र यसका विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।सन् १९५२ मा सुरु भएको रेकर्डपछि चीनको प्रबिधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् ।  विशेषज्ञहरू भन्छन्, “जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको छ । […]

(ABC-Sanchar) काठमाडौं । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने नेपालीमूलका अमेरिकी नागरीक हस्त गाैतमलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । गाैतमलाई नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान व्यूरोले भारत हुँदै नेपाल आउने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका गौतमले प्रहरीसँग आफूले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गर्दै २ सय जनालाई अमेरिका पुर्याइसकेको […]

(ABC-Sanchar) कपिलवस्तु । विजयनगर गाउँपालिकाका बस्तीमा नदी कटानले समस्या निम्त्याएको छ । पालिकामा चिराई, विशवा र अर्रा नदीले खेतीयोग्य भूमि कटान गरेको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । नदी कटानले ७ सय बिघा खेतीयोग्य जमिन उच्च जोखिममा छ । चिराई नदीले वडा नम्बर २ मा चिराई नदीले लोहरौलाको छिटहनीमा एक सय ५० मिटर र दौवानमा […]

१२ दिनदेखि हराइरहेका डोल्पाका नेपाली सेनाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्। दुनै, नन्द बक्स गुल्मका गुल्मपति पण्डित भदौ १० गतेदेखि सम्पर्कविहीन छन्। ‘हामीले उहाँ जान सक्ने सम्भावित ठाउँ खोजिसक्यौं। भीर–पहरा, नदी किनार सबैतिर खोज्यौं। बाहिर जिल्लामा पनि सर्कुलर भएर खोजी भइरहेको छ,’ डोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीले भने, ‘पत्ता लाग्नै सकेन।’ गुल्मपति […]

बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा छ । चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो […]

प्रहरी प्रधान कार्यालयले सञ्चारतर्फका ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आगामी असोज १ गते देखि लागू हुने गरी विभिन्न पदका ५९० जनाको सरुवा गरेको हो । सूचीअनुसार प्रहरी नायब निरीक्षक (सई) ५३ जनाको सरुवा गरिएको छ भने प्रहरी सहायक निरीक्षक (असई) १२२ जनाको सरुवा गरिएको छ । त्यस्तै […]

सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले ऐन विपरीत सत्ता पक्षका संसदीय दलका नेताहरूले प्रयोग गरिरहेका गाडी तीन दिनभित्र फिर्ता गर्न निर्देशन दिएको हो । लेखा समितिका ज्येष्ठ सदस्य बिक्रम धामीले ऐन विपरीत प्रयोग भइरहेका गाडी तीन दिनभित्र प्रदेशसभा […]

ABC (क्राईमबिट) काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी […]

error: Content is protected !!