०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

समाचार

५० लाख ठगीको आरोपमा भारतीय नागरिक काठमाडौंबाट पक्राउ

(ABC-Sanchar) काठमाडौँ । विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी […]

(तेज वली) दाङ । सरकारले पटक पटक पेट्रोलियम पदार्थको मुल्यवृद्वि गरेको विरोधमा नेवि संघ तुलसीपुरले विरोध प्रदर्शन गरेको छ । ज्ञानदिप कलेज नेवि संघका सभापति आकाश भन्डारीको नेतृत्वमा तुलसीपुरको बिरेन्द्र चोकमा विरोध प्रदर्शन गरिएको हो।

(ABC-Sanchar) काठमाण्डौ । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि कात्तिक ८ गते आवेदन खुल्यो, तर त्यसपछि करिब एक हप्ता प्रणाली प्रभावित भयो । तर, यही बीचमा मात्रै करिब साढे ५ लाखभन्दा बढी आवेदन परेको छ । पहिलो आवेदन दिएर परीक्षा कुरिरहेकासहित लाइसेन्सका लागि आवेदन दिनेको संख्या ७ लाख नाघेको यातायात व्यवस्था विभागले जनाएको छ । शुरुमा लाइसेन्स […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना नायब उपरीक्षक डीएसपीहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुको सरुवा गरेका हुन् । प्रहरी नियमावली अनुसार डीएसपी सरुवाको अधिकार प्रहरी प्रधान कार्यालयसँग हुन्छ । कार्यकाल पुरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा भएको हो […]

  ABC (क्राईमबिट) हेटौंडा । अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । […]

(रवि वर्णवाल) पर्सा । बिरगंजमा पूर्वयुवराज्ञी हिमानी शाह छठ पूजाको अवसरमा बुधबार वीरगञ्ज आउनु भएको छ । वीरगञ्जको घडीर्अवा पोखरी परिसरमा आज छठ पूजाको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाह आएकी हुन ।

(ABC-Sanchar) काठमाडौं । ​गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी क्षेत्रका बासिन्दामा डेङ्गु ज्वरोका बिरामी देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्य जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा […]

(रवि वर्णवाल) पर्सा । वीरगञ्‍जमहानगरपालिका १५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना२९प ६७९० नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका १५ भीष्वाका २२ वर्षीय सुरज सहनी र सुजित सहनी रहेका छन्। उनीहरुले १८० सीसीको पल्सर मोटरसाइलक चोरी गर्दैगर्दा अस्पतालका सेक्यूरिटी गार्डले देखेको प्रहरीले जनाएको छ। पक्राउ परेका […]

ABC (क्राईमबिट) काठमाडौं । मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित नियन्त्रणमा लिएको हो। प्रहरी र भन्सारको संयोजनमा उनको मलद्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको छ। […]

ABC (क्राईमबिट) धनगढी । कैलालीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई मंगलबार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा आर्यन देवकोटासहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।