०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

लगातारको वर्षाको कारण पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध

(ABC-Sanchar) चितवन । नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै पहिरो खसेपछि सडक आज बिहानदेखि अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर शाहका अनुसार पहिरो सडकमा थुपरिएको छ। अहिले पहिरो हटाउने काम भइरहेको पनि उनले बताए। पहिरो गएपछि सवारी साधनहरू बीचमै रोकिएका छन्।

(ABC-Sanchar) रौतहट । चन्द्रपुर नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गको नुनथर मन्दिर जाने बाटोनजिक बिहीबार ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । घटनापछि मृतकका आफन्त र स्थानीयले ट्रकमा आगो लगाएका छन् । घटनास्थलमा अहिले तनाव देखिएको छ । ट्रकमा लागेको आगो निभाउन गएको नगरपालिकाको वारुणयन्त्रमा पनि स्थानीयले ढुंगा प्रहार गरेर क्षति पुर्‍याएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै […]

(ABC-Sanchar) काठमाडौँ । कर्णाली प्रदेश सरकारले मन्त्रालय, प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत ५७ जना कर्मचारीहरूको सरुवा गरेको छ । गत ३२ साउनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजामती कर्मचारीको सरुवा गरेको हो । विशेष गरी सहायक स्तर पाँचौँ तहका कर्मचारीहरूको सुरुवा गरिएको छ भने स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि कार्य जिम्मेवारीमा हेरफेर गरिएको छ । यस्तै सहायक […]

(ABC-Sanchar) दाङ । तुल्सीपुर यातायात व्यवस्था कार्यालय दाङ तुलसीपुरले भदौ ७ गते देखि लागु हुने गरि सो काम सेवा प्रदान गर्ने तयारी गरेको छ ।धेरैले ६÷७ सयदेखि न्यूनतम ३ सय सम्म तिर्नु पर्ने वाध्यता थियो । अव त्यो बाध्यता हटेको कार्यालय प्रमुख रमेश गौतमले बताए । सवारी चालक अनुमतिपत्र प्राप्त तथा चालक अनुमति पत्र बनाउनु […]

(ABC-Sanchar) काठमाडौँ । चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । उनका अनुसार तामाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उनीलाई आक्रमण गरेको हो […]

(ABC-Sanchar) काठमाडौँ । सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सञ्जालबाट हुने डिजिटल हिंसा न्यूनीकरणका लागि तत्काल नियमावली वा निर्देशिका नै बनाएर समस्याको सम्बोधन गर्नुपर्ने बताएकी छन् । ललितपुरमा आयोजित डिजिटल हिंसालाई सम्बोधन गर्न आवश्यक नीति,चुनौती र समस्या समाधान तथा अन्वेषण एक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले यस्तो धारणा राखेकी हुन् । उनले सामाजिक सञ्जालबाट […]

(ABC-Sanchar) काठमाडौं । बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाएको हो । गत साउन ८ गते राति ११ बजे आमाछोरा मिलेर पौडेलको हत्या गरेको प्रहरीले बतायो । […]

(ABC-Sanchar) काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै शर्माले सर्वोच्चमा रिट दर्ता गराउन चाहेका थिए । तर, सर्वोच्चले उनको रिट दर्ता गरेन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिट भने दर्ता भएको भन्दै विभेदविरुद्ध शर्मा अनसन बस्न सर्वोच्च अदालतको भेटमा पुगेका थिए । सोही क्रममा […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रधान कार्यालयका अनुसार आवश्यकताअनुसार काजमा खटाउनुपर्ने भएकोले विभिन्न ५ इन्स्पेक्टरलाई काज सरुवा गरिएको जनाएको छ । यसरी काज सरुवा हुनेमा उदय शम्सेर जबरा, दिनेश बहादुर कुँवर, दिनेश गुरुङ, श्याम कटवाल र नारायण थापा रहेका छन् । प्रहरी प्रधान कार्यालयले नयाँ सरुवा सम्बन्धी मापदण्ड लागू गरेको छ । सिनियर प्रहरी अधिकृतको […]

error: Content is protected !!