(ABC-Sanchar) चितवन । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ”, उनले भने। […]
ABC (क्राईमबिट) बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगंजका प्रहरी निरीक्षक राम बहादुर नेपालीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा मिति २०८०/०५/०३ गते देखि सञ्चालन हुने ४५ कार्य दिन अवधिको “ट्राफिक नियन्त्रण (प्र.ब.ह./प्र.ज.) तालिमको सातौं समूहको तालिम समुद्घाटन कार्यक्रम गर्नुभएको छ कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रले जानकारी दिएको छ ।
ABC (क्राईमबिट) काठमाडाैं । कुनै पनि अपराध कर्म गर्ने जो सुकैलाई कानूनको कठघरामा उभ्याउने भन्दै चर्को भाषण गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाली नागरीकलाई भुटानी सरणार्थी बनाई अमेरिका लैजाने प्रकरणमा सकृय अनुसन्धानमा सकृय दुई एसएसपीलाई सरुवा गरेका छन् । मन्त्रीस्तरीय निर्णयबाट आज जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रमुख दानबहादुर कार्कीलाई महानिरीक्षकको सचिवालयमा सरुवा गरेर उनका […]
ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरी बलका दुईजना नायव महानिरिक्षक (डीआईजी) र १० जना बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई सरुवा गरिएको छ । सोमबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्रका उच्च अधिकृतहरुको सरुवा गरेका हुन् । डीआईजी कमल गिरीलाई प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । उनी सशस्त्रको मुख्यालय स्थित कार्य विभागमा कार्यरत थिए । अभिकुमार […]
(ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गत साउन २६ गते सूचना जारी गरी जथाभाबी रुपमा सञ्चालित काउन्टर हटाउने निर्णय गरिएको […]
(ABC-Sanchar) काठमाडौँ । संसदीय विशेष सुनुवाइ समितिले प्रधान न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो । अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्ने छन् । उनीविरुद्ध समितिमा तीन वटा मात्र उजुरी परेका थिए । उजुरीकर्ताहरूसँगको छलफलपछि सोमबारै श्रेष्ठको सुनुवाइ भएको हो । प्रस्तावित प्रधान न्यायाधीश […]
(ABC-Sanchar) जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा अवस्थित दुई वटा बैंक तथा वित्तीय संस्थाको १ करोड ६५ लाख रकम भेटिएको छ। कागबेनीमा सञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६० लाख नगद शुक्रवार भेटिएको थियो। आइतबार दिउँसो २ बजे कागबेनी शाखा रहेको अर्को नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दात रहेको १ करोड ५ लाख भेटिएको जिल्ला […]
(ABC-Sanchar) काठमाडौं । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले मंगलवार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ। नाग पूजाको प्रचलन […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९, वडा नं. १९ विजौरी र राजपुर गाउँपालिका वडा नं. ६ गङ्गदीमा भएका तीन घटनामा एउटा समानता थियो । आत्महत्या गर्ने तीन जनाले एकै किसिमको विष सेवन गरेका थिए । उक्त तथ्य शव परीक्षणपछि खुलेको प्रहरीको भनाइ छ । आत्महत्या गर्ने तुलसीपुर–९ का ३७ वर्षीय मानबहादुर […]
ABC (क्राईमबिट) काठमाडौं । भक्तपुर बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार रहस्यमय ढङ्गले मृत्यु भएपछि गृहमा तोडफोड भएको छ । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आज बिहान रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनाव ग्रस्त […]