०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

पेट्रोलियम पदार्थको र खाना पकाउने ग्यासको चरम अभाव

(ABC-Sanchar) ताप्लेजुङ । बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो । यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध बनेको हो । […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले एकसाथ ठूलो संख्यामा सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी हरूको सरूवा तथा केहीको काज सरूवा गरेको छ। प्रधान कार्यालय, हलचाेकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बिहीबारको निर्णयानुसार १६१ जना डीएसपीको सरूवा र १९ जना डीएसपीको काज सरूवा गरेको हो।

(ABC-Sanchar) दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ११ वर्षीय बालकको मृत्यु भएपछि तनाव भएको छ। बिहीबार साँझसम्म पनि मृत्यु भएका बालक आक्रोश नेपालीका आफन्तले अस्पतालमा नाराबाजी गरिरहेका छन्। अस्पतालको लापरबाहीले बालकको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। बुधबार दिउँसो ४ बजेतिर घोराही उपमहानगरपालिका- ३ बर्गद्दीका ११ वर्षीय आक्रोश नेपालीको टाउकाको एमआरआई गर्न लगिएको […]

(ABC-Sanchar) काठमाडौँ । सप्तकोशीको पुलबाट नदीमा शुक्रबार ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा रहेको कोसी ब्यारेजको पुलमा बससँग ठोक्किएर आज बिहान ट्रक नदीमा खसेको हो । नदीमा खसेको मे १ ख ३००७ नम्बरको ट्रक बेपत्ता भएको छ । ट्रकमा सवार तीन जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।   प्रहरी कार्यालय […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने २०८ कर्मचारीलाई कारबाही गरेको हो । डिआइजी एवम् प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार २०७७/७८ मा ८२ जना, २०७८÷७९ मा ३० जना र २०७९÷८० मा ९६ जना प्रहरी कारबाहीमा परेका हुन् । […]

ABC (क्राईमबिट) धनगढी । कैलालीको टीकापुर नजिकैको नाकाबाट भारतमा चोरी गरेर आइरहेका नेपालीहरु प्रहरीको फन्दामा परेका छन्। बिहीबार भारतबाट नगद रकम र ठूलो मात्रामा सुन चोरी गरेर नेपालतर्फ (घर) फर्किने बेलामा तीन जना नेपाली पक्राउ परेका हुन्। भारतीय प्रहरीले उनीहरुलाई ३ करोड भारतीय रुपैयाँ र १५ किलो जति सुनसहित नाकाबाटै समातेको हो। भारतीय प्रहरी स्रोतका […]

  (ABC-Sanchar) कंचनपुर । लालझाडी गाउँपलिका ६ ढक्कास्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमा बेलौरी नगरपालिका -९ डाडाकुण्डा बस्ने करिब २५ वर्षीया बिन्दु डगौरा च्याउ टिप्ने क्रममा पाटे बाघकाे आक्रममा परि घाइते भएको बेलौरी नगरपालिका -९ का वडा अध्यक्ष किसन रानाले बताए । बाघको आक्रमणमा परि डगौराको आखामा करिब २० टाका र टाउको पछाडि १० भन्दा बढी […]

  (ABC-Sanchar) दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको नयाँ सदस्यता छनौटको निर्णयप्रती जनपत्रकार संगठन नेपाल दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओलीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त निर्णयको ध्यानाकर्षण भएको बताएका छन् । जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल पत्रकार महासंघ दाङ […]

(ABC-Sanchar) काठमाडौं । नेकपा माओवादी केन्द्र ललितपुरले प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । प्रधानमन्त्री पत्नी एवम् माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको घडीमा सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति माओवादीले आपत्ति जनाएको हो । जिल्ला इन्चार्ज दिनेश महर्जन (दिपेश) र संयोजक शिव कट्टेलले संयुक्त विज्ञप्ति प्रकाशित गरी सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति […]

(ABC-Sanchar) दाङ । अक्सीजन सिलिण्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक विरामीको मृत्यु भयको छ । अस्पतालको लापरवाहीका कारण घटना भएको आफन्तको दावी अस्पताल परिसरमा व्यापक प्रहरी परिचलन । अस्पताल प्रशासन र पिडित पक्ष विच छलफल हुँदै । प्रतिष्ठानको एमआरआई कक्षमा डाक्टरको लापर्बाहीको कारणले अक्सिजनको सिलिण्डर विष्फोट हुँदा घोराही–३ बर्गद्धी निवासी ११ वर्षीय आक्रोश […]

error: Content is protected !!