(ABC-Sanchar) काठमाडौं । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् । मन्त्री अमन लाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् । कारबाहीमा […]
(ABC-Sanchar) काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले […]
(ABC-Sanchar) काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि विद्यार्थीहरूले कालोमोसो दलेका छन् । आफूहरुको माग सम्बोधन नभएको भन्दै सोमबार दाहाललाई विद्यार्थीहरूले कालो मोसो दलेर दुव्र्यवहार गरेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौ समस्या समाधानका लागि लामो समय विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदा पनि सेवा आयोगले सुनुवाई नगरेको उनीहरुको भनाई छ । उपकुलपतिले माग सम्बोधनको लागि […]
(ABC-Sanchar) काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ । देशका मध्य तथा पश्चिम तराईका भू-भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ । […]
(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलो अप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । तर, आज सीतालाई फलो अप उपचारका लागि नर्भिकमा लगिएको […]
(ABC-Sanchar) प्युठान । स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ। प्रहरीका अनुसार लु.१ च. ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। कारमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
ABC (क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा प्रतिबन्धित लागुऔषध चरेशसहित एक जना विदेशी नगरिकलाई नियन्त्रणमा लिएको छ । टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय जर्मन नागरिक पउल वेस्टर्सलाई झण्डै ७ किलो लागु औषध चरेशसहित आज (सोमबार) बिहान विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो । ती विदेशी नागरिकले सुटकेशमा फल्सबटम बनाएर लागुऔषधलुकाएर ल्याएको लागु औषध […]
(ABC-Sanchar) कञ्चनपुर । लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ, उनको । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर […]
ABC (क्राईमबिट) काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर चौदण्डीगढी नगरपालिका-७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले एक जनालाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइ मोबाइल सफ्टवेयर कम्पनीमा ३ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु […]
(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार उत्तरपुस्तिकाको परीक्षा तथा सम्परीक्षणको काम सकिएको र राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने केही कामहरू बाँकी छ। बोर्डले असारभित्र नतिजा प्रकाशन गर्ने गरी काम तीव्र रूपमा गरिरहेको जनाएको छ । […]