(ABC-Sanchar) काठमाडौँ । यस पटकको सुख्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ। उदयपुरगढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा मुहान सुकेर गाउँमा हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण सुरु भएको छ। स्थानीय राधाकुमारी मगरका अनुसार स्थानीय खोलाको पानीको मुहान सुकेर खानेपानी ट्याङ्की रित्तै भएपछि गाउँमा पानीको हाहाकार भएको हो। […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू हुँदा प्रविधिको दुरुपयोगबाट हुँदै आएका विविध अपराध नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् । आइतबार काठमाडौँमा सरोकारवाला निकायले गरेको एमडीएमएस प्रणाली कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्कीले समय सापेक्ष नयाँ प्रविधिको प्रयोग कम हुँदा त्यसले अपराध अनुसन्धान र नियन्त्रण […]
ABCSanchar काठमाडौं । प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाल लगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईका अतिरिक्त गृह मन्त्रालय, […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर सिंगापुरबाट स्वदेश फर्किएका छन् । आईजीपी कुँवर गत सोमबार इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा संचालन भएको ‘हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी भई आज अपराह्न ४ बजे स्वदेश फर्केका हुन् । इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने Head of NCB Conference यस वर्ष सन् २०२३ जुन […]
(ABC-Sanchar) काठमाडौं । बाजुरा त्रिबेणी नगरपालिकामा १ छताराका अलपत्र ६ भाइबहिनि उद्धार भएका छन् । ३२ बर्षिय अस्मीता देबि दमाइको बच्चा जन्माएको २१ दिनपछि मृत्यु हुदाँ १ महिनाकी छोरी सहित ६ भाइबहिनि अलपत्र परेको समाचार प्रकाशित पछि उद्धार भएको त्रिबेणी नगरपालिकाका उपप्रमुख कमला न्यौपानले वताईन् । बच्चा जन्माएको केहि दिनमा अत्याधिक रक्तस्रापपछि अस्मीताको उपचारका क्रममा […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट प्रहरी चौकी पुरन्धारा पश्चिम् दाङको नव निर्मित कार्यालय/ब्यारेक तथा मेष भवनको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशीको प्रमुख आतिथ्यतामा बबई गाँउपालिकाका अध्यक्ष कुल बहादुर खत्रीको अध्यक्षतामा प्रमुख अतिथीबाट सिलालेखको अनावरण तथा भवनको अवलोकन गरी समुदघाटन गरिएको थियो । […]
(बिदुर एमसी) दाङ । भालुवाङ लुम्बिनी प्रदेशमा पर्ने दाङ-देउखुरीकाे राप्तीमा झण्डै एक महिनादेखि भईरहेकाे नदीजन्य पदार्थ उत्खनन् आइतबार अपरान्हबाट राेकिएकाे छ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैध नेतृत्वकाे अनुगमन टाेलीले एक महिना देखि मापदण्ड बिपरित स्काईभेटर, जेसिभी जस्ता ठूलाठूला मेसिन औजारहरु प्रयाेग गरी भईरहेकाे नदीजन्य पदार्थ उत्खनन् आइतबार दिउँसोबाट बन्दकाे नाटक […]
ABC (क्राईमबिट) महोत्तरी । नेपाल सरकारका माननीय उपप्रधान एव गृहमन्त्री नारायणकाजी श्रेष्ठको समुस्थितिमा “अल्पसंख्यकसंग प्रहरी” कार्यक्रमको १४ औ भाग आज २०८० साल जेष्ठ २७ गते रामगोपालपुर न.पा – ४ को सामुदायिक भवनमा सम्पन्न भयो। कार्यक्रममा सो क्षेत्रमा बसोबास गर्ने सदा, पासवान, खत्वे, महरा समुदायले आफ्ना पिरमार्का, गुनासो र आफु बिरुद्द हुने गरेका विभेद तथा हिंसाका […]
(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरीले सोमबार निकालेको ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा सिफारिस विवादमा परेको छ । ४६ जना इन्स्पेक्टरलाई डीएसपी बढुवा सिफारिस गर्दा कार्यसम्पादनमा उत्कृष्ट र बरिष्ठतामा अगाडि रहेका अधिकृतलाई छुटाएर चरम अन्याय गर्ने कार्य आईजीपी बसन्तबहादुर कुँवरले नै गरेका छन् । सोमबार गरिएको इन्स्पेक्टरबाट डीएसपी बढुवा सिफारिस हालसम्मकै सबैभन्दा विवादित बनेको […]
ABC (क्राईमबिट) दाङ । गढवा गाउँपालिका,राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको सिमानामा भैरहेको उत्खनन् अबैध भन्दै चौतर्फी चर्चाको विषय बनेपछि दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य,जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको,गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी लगायतको टोलीले उत्खनन भइरहेको राप्ती घाटमा पुगेर तत्काल उत्खनन् […]