०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

नेपाल प्रहरीका ५ एसपीको सरुवा

ABC (क्राईमबिट) काठमाडौं । विभिन्न रिक्त रहेका कार्यालयमा पाँच एसपीलाई जिम्मेवारी दिइएको छ । कर्मचारी प्रशासन शाखामा एसपी अर्जुन तिमल्सिनालाई जिम्मेवारी दिइएको छ । प्रहरीको सरुवा–बढुवा हेर्ने यो शाखालाई निकै संवेदनशील मानिन्छ । त्यस्तै, १ नम्बर गणमा बसन्त रजौरे, २ नम्बर गणमा नवीनराज राई, काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा चन्द्रदेव राई, रामप्रसाद साहलाई सुर्खेत ट्राफिकमा पठाइएको […]

(ABC-Sanchar) गौर । भन्सार कार्यालय गौरका कर्मचारीहरुले ‘सेटिङ’मा न्यून मूल्यमा रासायनिक मल लिलाम गरेको पाइएको छ । लिलाम प्रक्रियामा गल्ती भएको भनेर भन्सार प्रमुखले स्वीकार गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले कागजपत्र झिकाएर अध्ययन गरिरहेको छ । गत सोमबार गौर भन्सार कार्यालयका पाँच जना कर्मचारीहरुको मिलेमतोमा २० लाख रुपैयाँ बराबरको रासायनिक मल १० लाख २ […]

ABC (क्राईमबिट) पर्सा । वीरगञ्जका एक व्यक्तिले आफैं पक्राउ गर्न लगाएर मुद्दा मिलाइदिने भन्दै आफैं पैसा असुलेको खुलेको छ । पर्साको पकाहामैनपुर १ धोरे का मनिष यादबले यस्तो दोहोरो भूमिका खेलेका हुन् । गत २६ बैशाखमा प्रहरीले वीरगञ्ज र बिन्ध्यवाशिनी गाउँपालिकाको बीचमा पर्ने तिलावे पुल ईलाकाबाट १२ लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गराएका थिए । […]

(राजन थारू) काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाएर राष्ट्रिय गौरव लोप गराउन खोजिएको टिप्पणी गरेका छन् । सोमबार धनगढीमा नागरिक अभिनन्दनपछि आयोजना गरिएको सभालाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो टिप्पणी गरेका हुन् । नेपालीलाई शरणार्थी बनाएर इज्जत र गौरव नष्ट पार्न खोजिएको बताएका उनले बताए ‘नेपाली जनतालाई पुर्खा र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी […]

ABC (क्राईमबिट) काठमाडौ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ। सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। ‘प्रहरीले प्रतिवेदन ल्याएको छ। बुझिलिने काम भइरहेको छ,’ उनले भने। परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि प्रतिवेदन […]

ABC (क्राईमबिट) काठमाडौ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को २०८० जेठ ५ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानीद्वारा सुशोभन गर्नुभएको हो । समारोहलाई सम्बोधन […]

ABC (क्राईमबिट) रौतहट । चन्द्रपुरमा रहेको माछापुच्छ्रे बैंकमा खाता रहेको एक जना सेवाग्राहीको नौ लाख रुपैया गायब भएको छ। रौतहटको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट रहस्यमय तरिकाले नौ लाख रुपैया गायब भएको देखिएको छ। खातामा रहेको १२ लाख २० हजार रुपैयामध्येबाट नौ लाख रुपैया गायब भएको यादवले बताएका छन्। […]

(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका १७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री हुन सकेको छैन । चौधरीले घोराही–६ गुरुवागाउँमा लगाएको सबै बन्दागोभी अहिले बारीमै सुक्न […]

ABC (क्राईमबिट) काठमाडौं । उच्च अदालत पाटनले पृथ्वी मल्ललाई ४ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । लापरबाहीपूर्वक कार चलाएर दुर्घटना गराएको भन्दै बुढानीलकण्ठ–८ भद्रकालीका मल्लविरुद्ध उच्च अदालतले यस्तो फैसला गरेको हो । उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले फैसला सुनाउँदै मल्ललाई जेल सजाय र जरिवानाको फैसला गरेको […]

(ABC-Sanchar) पर्सा । बिरगंज महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापकसहित २४ जना शिक्षकसँग स्पष्टीकरण सोधेको हो । महानगरपालिका प्रमुख राजेशमान सिंह आज बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षक अनुपस्थित भेटिएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले […]

error: Content is protected !!