०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

समाचार

दुर्घटना गरेर फरार लाइसेन्स नभएकालाई बचाउन खोज्दा नक्कली डाईभर पक्राउ

ABC (क्राईमबिट) सिन्धुपाल्चोक । सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् । दुर्घटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरी सामू उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरी प्रमाण दबाउन नहुने […]

ABC (क्राईमबिट) महोत्तरी । प्रहरीले आइतबार जिल्लाको एकडारा गाउँपालिका ४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । भारतको सुरसण्ड शहरबाट हतियार बोकेर […]

(ABC-Sanchar) काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् । उनी काठमाडौँबाटै पक्राउ परेका नेपाल प्रहरीले जनाएको छ । रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो । यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान […]

(रोशन निधि) पर्सा । बिरगंज महानगरपालिकाले जडिबुटी ,कबाड,उन,पराल,ब्रान्ड ,पुरानो ड्रम,छाला ,वर्गीकरनमा नपरेका कबाडी सामान ,जलेको मोबिल,काठ,दाउरा ,पुरानो पितल र तामा ब्याट्री ,काम नलाग्ने मेसिनरी औजार ,स्क्रेप,पुरानो फलाम तथा स्टिल,थोत्रो टिन,सिसा,कान्च ,बोतल आदिगरी जिवजन्तु महानगरछेत्र भित्र उत्पति ,संकलन तथा ब्याब्सायिक उप्योग र कारोबारको लागि लगाएको ठेक्का मेदान्त कन्स्ट्रक्सन प्रा.लि. का संचालक सन्जय कुमार गुप्ताले ठेक्का पाएदेखिनै […]

ABC (क्राईमबिट) बर्दिया । मधुबन नगरपालिका वडा न ३ बिपतपुरमा गएराती प्रहरीले लुकाइछिपाइ राखेको काठ बरामद गरेको छ । प्रहरी निरीक्षक बखत बहादुर शाहिको कमान्डमा गएको १२ जना प्रहरी र बर्दियाको धनौरा बाट खटिएका प्रहरी सहायक निरीक्षक निरक बहादुर बस्नेतको सयुक्त टोलिले बर्दियाको बिपतपुर बस्ने धर्म बहादुर खत्रीको पुरानो खाली घरमा लुकाइ राखेको काठ प्रहरीले […]

 ABC (क्राईमबिट) धनकुटा । चौविसे गाउँपालिका– ५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणमा परी तीन जना घाइते भएका हुन । इलाका प्रहरी कार्यालय राजारानीका अनुसार घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन् । मौनाखोला नजिकको जंगलमा उनीहरुमाथि चितुवाले आक्रमण गरेको थियो । सो आक्रमणमा परेका मुकेश र […]

ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र रु २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए । उक्त कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई […]

ABC (क्राईमबिट) काठमाडौं । सन् २०२१ मा पञ्चकुलाको मन्सा देवी कम्प्लेक्समा भएको चोरीको आरोपमा भारतीय प्रहरीले चार जनालाई नेपालीलाई पक्राउ गरेको छ । द ट्रिब्युन इन्डियामा प्रकाशित समाचारका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय गोपाल भन्ने खगेन्द्र सार्की, ३० वर्षीय करन बहादुर, ३२ वर्षीय स्काई सिंह र २२ वर्षीय टेकबहादुर सार्की रहेका छन् । सन् २०२१ […]

(ABC-Sanchar) काठमाडौं । सरकारी स्वामित्वमा रहेकाे उदयपुरकाे सिमेन्ट उद्योगका विद्युत लाइन काटिएको छ । नियमित भुक्तानी गर्नु पर्ने रकम समयमै नतिर्दा विद्युतलाईन काटिएको विद्युत प्राधिकरण गाईघाट शाखाले जनाएको छ । ७ करोड ९४ लाख भन्दा बढी विद्युत महशुल बुझाउन बाँकी रहेकोले विद्युत लाइन काटिएको नेपाल विद्यूत प्राधिकरण गाईघाटका शाखा प्रमुख विजयबाबु खत्रीले बताए । बीचबिचमा […]

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्री ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा उनको पनि संलग्नता देखिएको छ । उक्त प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

error: Content is protected !!