(सागर थापा) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र ब्यवसाही विनिल केसीको आर्थिक सहयोगमा राखिएको डिजिटल बोर्डहरुको एक कार्यक्रमका बिच सोमबार उद्घाटन गरिएको छ । सचेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्डहरु राखिएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम […]
(सागर थापा) दाङ । नेपाल प्रहरी जस्तो पवित्र संगठनमा प्रहरी जवान पदमा नियुक्ति भई सेवा आरम्भ गरी बिभिन्न कार्यालयमा कार्यरत रहि आफुलाई दिएको जिम्मेवारी त्रुटी रहित तरिकाले सम्पन्न गर्दै जेठ २ गते प्रहरी नायब निरीक्षक पदबाट नोकरी राजिनामा स्वकृत भई जानु भएका प्रहरी नायब निरीक्षकहरुलाई अवकाश पश्चात व्यक्तिगत तथा पारिवारिक जिवनको उत्तरोत्तर प्रगतिको कामना सहित […]
(ABC-Sanchar) काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज सकिएन । बयान मङ्गलवार पुन लिइने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मङ्गलवार पनि निरन्तर हुने भएको हो । आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोखिएका दर्जनौँ सवाल जवाफ भएका […]
(ABC-Sanchar) काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ । काठमाडौँ प्रहरी परिसरबाट केही बेरअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौँको बुढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो ।
(ABC-Sanchar) काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बयानको लागि सरकारी वकिल कार्यालय बबरमहलमा पुर्याइएको छ। वैशाख २७ गते पक्राउ परेका खाँणको आज सरकारी वकिल कार्यालयमा बयान हुनेछ। आइतबारमात्र खाँणसहितका अभियुक्तहरुलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
(ABC-Sanchar) काठमाडौँ । सन् २०२१ को डिसेम्बरमा आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतले सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजायको नजिक पुर्याएको छ । क्यालिफोर्नियाको शान्ता बार्बरा क्षेत्रमा स्नोबोर्डरबाट युट्युबर बनेका २९ वर्षीय ट्रेभर जेकब नामक २९ वर्षीय व्यक्तिले २०२१ मा ‘आई क्र्यास्ड […]
(बिदुर एमसी) दाङ । भालुवाङ राज्य पुनर्संरचना हुनुभन्दा दशकौं अगाडिको भालुवाङ्गको नवनिर्मित बसपार्क अझैसम्म सञ्चालनमा आउन सकेको छैन । तत्कालीन भालुवाङ्ग नगर विकास समितिले शुरु गरेको बसपार्क निर्माणकार्य हाल आएर राप्ती गाउँ पालिकाको मातहतमा आएको भए तापनि यो बसपार्क अहिले झन् बिना मालिकको सम्पत्तिजस्तो अलपत्र अवस्थामा छ । आम नागरिकहरुले सधैं प्रश्न गर्छन्, कहिले बन्ला […]
(बिदुर एमसी) दाङ । राप्ती गाउँपालिका वडा नं. २ कठहा स्थित राप्ती नदिको किनारमा मापदण्ड बिपरित रा.१ त. २१४५ नम्बरको ट्याक्टरले कठाह घाटबाट अवैध रुपमा नदिजन्य पदार्थ मिस्कट गिट्टी ,बालुवा उत्खनन गरी ओसार पसार गरी रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारबाहीको लागी राप्ती गाउँपालिकाको कार्यालयमा पठाई । रु […]
(ABC-Sanchar) काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राम मन्दिर पुगेर भगवान् रामको दर्शन गरेको पूर्वराजा शाहको सचिवालयले जनाएको छ। पूर्वराजा शाहसँगै पूर्वरानी कोमलले पनि राम मन्दिर पुगेर भगवान् रामको दर्शन गरिन्। केही दिनअघि पूर्वराजा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए।
(ABC-Sanchar) काठमाडौं । एभरेष्ट बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले विभिन्न शाखा कार्यालयमा रहेका १६ वटा सवारी साधन लिलामीमा बिक्री गर्न लागिएको जानकारी दिएको हो । बैंकले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । बैंकले सवारीहरु लाजिम्पाट, बानेश्वर, धनगढी, विरगन्ज, सिमरा, आइसीडी […]