०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

समाचार

१२ जना एसएसपीहरूको सरुवा

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको सोमबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो।

(ABC-Sanchar) काठमाडौँ । बेलायतमा अध्ययनरत एक भारतीय विद्यार्थीले बलिउड स्टार सलमान खानलाई हत्याको धम्की दिएका छन्। इमेलबाट सलमानको ज्यान लिने धम्की दिएका विद्यार्थीविरुद्ध भारतीय प्रहरीले ‘लुकआउट सर्कुलर’ जारी गरेको छ। गत मार्चमा खानले ग्याङस्टार गोल्डी ब्रारको नाममा इमेल आएको थियो। गोल्डी पन्जाबी गायक सिन्धु मोसवालाको हत्यामा संलग्न भएको व्यक्ति भएको आरोप लगाइएको छ। सलमानलाई ज्यान […]

ABC (क्राईमबिट) काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो । नक्कली शरणार्थी प्रकरणमा रायमाझी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । तर, हाल उनी सम्पर्कविहीन भएका छन् ।

ABC (क्राईमबिट) काठमाडौं । ज्येष्ठताका आधारमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएका बसन्तबहादुर कुँवरलाई संगठन भित्र राम्रो छवि भएका अधिकृतका रुपमा लिने गरिन्छ । तर, पदमा पुगिसकेपछि आफ्ना वरिपरि कस्ता मानिस झुम्मिरहेका छन्, तिनले के के गलत फाइदा उठाइरहेका छन् भन्ने हेक्का उनले राख्न सक्दारहेनछन् भन्ने कुरा हालै जिल्ला प्रहरी कार्यालय गुल्मीको भवन उद्घाटन देखि जन्म […]

ABC (क्राईमबिट) रुकुमपुर्व । सिस्ने गाउँपालिका-८ स्यालापाखास्थित सिमपातल सामुदायिक वनबाट ४ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । उक्त जंगलमा तरुल खनेको खाल्डोमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अबको चार दिनमै सरकारले पूर्णता पाउने बताएका छन्। सोमबार तुलसीपुर पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले चाँडोभन्दा चाँडो आफूहरू सरकारलाई पूर्णता दिने तयारीमा लागेको पनि बताए। छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने चुनौती सरकारलाई छ। उनले भने, ‘अहिले परिस्थिति त्यस्तै बनिदियो […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज अवैध तरिकाले भारतबाट नेपाल भित्रिएका ६५ वटा पशु चौपायालाई सशस्त्र प्रहरीले पर्साको ग्रामिण क्षेत्रमा पर्ने विभिन्न स्थानीय तहबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको चौपायाको मूल्य २४ लाख १० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी सुमन थपलियाले जानकारी दिए । प्रहरी उपरीक्षक थपलियाकै कमाण्डमा खटिएको […]

 (ABC-Sanchar) दाङ । पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका र स्वेच्छिक रुपमा सदस्यता त्याग गर्ने सबै सदस्यहरुलाई सम्मानसहित बिदा गर्ने र आवश्यकताअनुसार मानार्थ सदस्यता प्रदान गर्ने महासङ्घ लुम्बिनी प्रदेश समितिले बताएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा […]

 (ABC-Sanchar) काठमाडौं । सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन […]

(रोशन निधि) पर्सा । बिरगंज बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा लगायतका मालबस्तुहरू बोकेको ट्रक विरगञ्जबाट हेटौडातर्फ लैजाँदै गरेको भन्ने सूचना प्राप्त भए पछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।२४ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट बा.प्र.०३-००१ ख ०३३२ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल […]

error: Content is protected !!