०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

बिश्व

तालिबानबाट भागेका राष्ट्रपति असरफ घानीलाई माफी दिने देश फर्कन आग्रह

(ABC-Sanchar) काठमाडौँ । हाल अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई स्वदेश फर्कन आग्रह गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा गर्दै तालिबानका वरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले उनीहरुलाइ देश फर्कन आग्रह गरेको हो । यस्तै प्रमुख हक्कानीले […]

(ABC-Sanchar) काठमाडौं । अफगानिस्तानको पन्जसिरमा रहेका तालिबानविरुद्धका लडाकुले आफ्नो आक्रमणमा ३ सय तालिबानहरु मारिएको दाबी गरेको छ। यसबीचमा देश छाडेर भागेका उपराष्ट्रपति अमरुल्ला सालेहले पनि पन्जसिर उपत्यकामा तालिबान पक्षलाई ठूलो क्षति भएको ट्विट गरेका छन्। पन्जसिर लगायत केही स्थानमा अझै तालिबानले नियन्त्रण कायम गर्न सकेका छन्। सोमबार राति नै तालिबानहरु त्यसतर्फ अगाडि बढेका थिए। तालिबानविरुद्धको […]

ABC (क्राईमबिट) काठमाडौं । भारतिय सिमा सुरक्षा बलले एउटा लागू औषध कारोबार का ठूलो ब्यपारी को भंडा फोर गरेको छ। गोप्य सुचनाको अधारमा ४७ बि वाहिनी का कमाडेट प्रीयवर्त शर्मा को कमान्ड मा तथा दिशा निर्देशन मा खटेको टोलि ले भण्डाफोर गरेका छन। उक्त टोलि मा निटो ०१ उपकमाण्डो मनोज कुमार , सहायक सैनानायक सतिश […]

(ABC-Sanchar) काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो । यसलाई सांस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन सक्नेछन् । सन् २०१९ को अगस्तमा सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीई) को सरकार […]

(ABC-Sanchar) काठमाडौं । एक जहाजलाई बन्दुकधारीहरुले गल्फ अफ यूएईबाट हाइज्याक गरेर इरान लान थालिएको लोयड्स मेरिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ । ट्याङ्कर जहाज एमभी अस्फाल्ट प्रिन्सेस यतिबेला स्ट्रेट अफ हर्मुजतर्फ अघि बढिरहेको उसको भनाइ छ । हाइज्याक गरिएको जहाज कसको नियन्त्रणमा छ भन्ने यकिन नभए पनि यसमा इरानको हात रहेको आशङ्का गरिएको छ । तर, […]

(ABC-Sanchar) काठमाडौं । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ। हेलिकोप्टरमा सवार रहेको चार जना व्यक्तिको नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको […]

काबुल । अफगानिस्तानमा भएका विभिन्नि घटनाहरुमा परी कम्तीमा ८९ तालिवान लडाकू मारिएका छन्। सुरक्षाकर्मीहरुको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरु भएको रक्षा मन्त्रालयले जनाएको छ। सुरक्षाकर्मीहरुले देशको कुनार, कान्दाहार, हेरात, फराह, फर्याब, सामान्गन, हेल्मान्ड, निम्रोज, ताखार, कुन्दुज र कापिसा प्रान्तमा सुरक्षा कारबाही […]

काठमाडौं । चीनमा आएको बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् । मध्य चीनको हेनान प्रान्तमा लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण भूमिगत रेलवे सेवा प्रभावित भएको छ । सो क्षेत्रमा जङ्गो नगरमा एउटा रेलमार्गमा बाढीका कारण यात्रुहरु अलपत्र परेका थिए । तीव्र गतिमा आएको बाढीले विभिन्न स्थानमा मानिस […]

(ABC-Sanchar) काठमाडौं । अफगानिस्तानमा रोयटर्सका पत्रकार मारिएका छन् । अफगानिस्तान र तालिबानबीचको मुठभेडको समाचार सङ्कलन गर्ने क्रममा दानिस सिद्दीकी मारिएका हुन् । बीबीसीका अनुसार सिद्दीकी भारतीय फोटो पत्रकार हुनुहुन्छ । भारतका लागि अफगानिस्तानका राजदूत फरिद ममुन्जैले रोयटर्स इन्डियाका प्रमुख फोटोग्राफरलाई मृत्यु अघि अफगानिस्तानको युद्धग्रस्त कान्धारमा अह्राइएको थियो । अफगानिस्तानका सुरक्षाकर्मीसँगै हिंड्नुभउका सिद्दीकी चढेको गाडी तालिबानको […]

(ABC-Sanchar) काठमाडौं । जर्मनीमा बाढीमा परेर ९३ जनाको मृत्यु भएको छ । निरन्तर वर्षापछि आएको बाढी दशकौंपछि ठूलो क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पश्चिमी जर्मनीको र्हानल्याण्ड पेलेटिनेट र उत्तरी वेष्टफालियामा मात्रै ९३ जनाले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ । जर्मनीको आन्तरिक मामिला मन्त्री स्टिफन मेयरले करिब एक हजार तीन सय ब्यक्ति सम्पर्क […]