१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

बिश्व

साउदी अरबकी राजकुमारी ३ वर्षपछि जेलमुक्त

(ABC-Sanchar) रियाद। साउदी अरबकी राजकुमारी र उहाँकी छोरी तीन वर्षपछि शनिबार जेलमुक्त हुुनुभएको छ । राजधानी रियादमा रहेको जेलबाट उहाँहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ । साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा चिनिनुहुन्छ । उहाँलाई सन् २०१९ को मार्चमा गिरफ्तार […]

(ABC-Sanchar) पाकिस्तान । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् । मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा […]

(ABC-Sanchar) टोकियो । देशको पश्चिमी र उत्तरपश्चिमी क्षेत्रमा भारी हिमपातका कारण जापानमा १०० भन्दा बढी उडानहरू रद्द गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। जापानी प्रसारक एनएचकेका अनुसार निप्पोन एयरवेजका ६९ र जापान एयरलाइन्सका ३५ र पीच एभिएसनका २ उडान रद्द भएका छन् । आइतबार बिहानसम्म विभिन्न प्रान्तमा ३५ इन्चसम्म हिउँ परेको मौसमविद्ले बताएका छन् । देशको […]

(ABC-Sanchar) काठमाडौं । भारतमा पछिल्ला दिनमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गइरहेको छ । अन्य राज्यको तुलनामा भारतको उत्तर प्रदेशमा ओमिक्रोन संक्रमितको संख्या तीब्र गतिमा फैलिएपछि राज्य सरकारले रात्रीकालीन कर्फ्यूको घोषणा गरेको छ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उच्चस्तरीय टिम–०९ लाई ओमिक्रोन नियन्त्रणका लागि राज्यभर रात्रीकालीन कर्फ्यू घोषणाका लागि निर्देशन दिएका छन् । मुख्यमन्त्रीको निर्देशन बमोजिम […]

(ABC-Sanchar) काठमाडौं । पाकिस्तानको आर्थिक राजधानी कराचीमा एक निजी बैंकको शाखाभित्र भएको भयानक विष्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा अन्य व्यक्तिहरु घाइते भएको बताइएको छ । कराची पुलिसका एडिशनल आइजी गुलाम नबी मेमनका अनुसार विष्फोट बैंकको भवनमुनि रहेको ग्यास पाइपलाइनमा चुहावटका कारण भएको आशंका गरिएको छ । यद्यपि एडिशनल आइजी मेमनले […]

(ABC-Sanchar) लन्डन । बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको छ । करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो । इराकनजिकको सीमा क्षेत्रमा दुईवटा एफजीआर फोर जेटका पाइलटले ड्रोन खसालिदिएका हुन् । दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध युद्धरत गठबन्धन सेनामा सुरक्षा चुनौती देखिएपछि बेलायती सेनाले सो ड्रोन खसालिदिएको […]

(ABC-Sanchar) काठमाडौं । नाइजेरियाको एक मस्जिदमा बिहीबार बिहानै आक्रमण हुँदा १६ जनाको मृत्यु भएको छ। नाइजर प्रान्तको मस्जिद भित्रै घुसेर बन्दुधारीले गोली चलाएको बीबीसीले जनाएको छ। मसेगु इलाकाको बारे गाउँमा भएको यस आक्रमणमा कयौं घाइते भएका छन्। बन्दुधारीले बिहानको नमाज पढिरहेका व्यक्तिमाथि अन्धाधुन्ध गोली हानेका थिए। बन्दुकधारीहरु मोटरसाइकलमा आएका सशस्त्र समूह भएको बताइएको छ। यो […]

(ABC-Sanchar) मेक्सिको । मेक्सिकोमा सडक दुर्घटनामा बिहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो। प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ जना पनि घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर छ। […]

(ABC-Sanchar) काठमाडौं । अधिकारीहरूले १०० जनासम्म पाकिस्तानी तालिवान कैदीलाई रिहा गरेको बिहीबार दुवै पक्षले जनाएको छ। अफगान तालिबानसँग साझा इतिहास बाँड्ने छुट्टै आन्दोलन तेहेरेक–ए–तालिबान पाकिस्तान (टीटीपी)ले सन् २००७ मा गठन भएपछि पाकिस्तानमा गरेका गतिविधिका कारण देशलाई हिंसाको बाटोमा तरङ्गित बनाएको थियो। यस सशस्त्र आन्दोलनलाई दमन गरेको सात वर्षपछि इस्लामाबादले सीमापारि अफगान तालिबानको विजयसँग सम्बन्धित टीटीपी […]

(ABC-Sanchar) काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएक‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम […]