१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

बिश्व

लेबनानमा शान्ति सैनिक बोकेको सवारी साधनमा आक्रमण १ जना सैनिकको मृत्यु

(ABC-Sanchar) काठमाडौं । दक्षिण लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी साधनमाथि आक्रमण भएपछि एक जना आयरिश सदस्यको मृत्यु भएको राष्ट्रसंघका अधिकारीले जनाएका छन् ।

भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ। भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौं भारतीय सैनिकहरू घाइते भएका छन्। सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै हिन्दुले याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिक पनि घाइते भएको उल्लेख गरेको छ। घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ। […]

एजेन्सी । पश्चिमी पाकिस्तानमा आत्मघाती बम हमलाबाट तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान प्रहरी ट्रकलाई लक्षित गरि भएको हमलामा अन्य २३ जना घाइते भएका छन् । क्वेटा सहरमा पोलियो खोप लगाउने तयारीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी अजहर मेहेसरले बताएका छन् । मारिनेमा एक प्रहरी, एक महिला र […]

(ABC-Sanchar) काठमाडौँ । इन्डोनेसियाको जाभा टापुमा अघिल्लो हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ। उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभाको सिआन्जुर सहरमा गत सोमबार ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। मृत्यु हुने अधिकांश भवनहरू भत्किँदा र आसपासमा गएको पहिरोमा परेका थिए।   प्रकोप न्यूनीकरण […]

(ABC-Sanchar) काठमाडौं । चीनको हेनान प्रान्तको एक कारखानामा सोमबार दिउँसो आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता रहेको बताइएको छ । समाचार एजेन्सी एएफपीले स्थानीय संगठनहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । चिनियाँ समाचार एजेन्सीले पनि यसबारे जानकारी दिएको छ । चीनमा आगलागी नियन्त्रण नियमको अवहेलनाका कारण औद्योगिक कलकारखानामा […]

अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ। विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ। विद्यार्थी सवार  बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो। गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्। घटनाबाट आफू निकै विक्षिप्त भएको विश्वविद्यालयका प्रमुख […]

(ABC-Sanchar) काठमाडौं । साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको छ । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो । साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले […]

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमको गुजरालवाला नजिकै पार्टीको कार्यक्रममा सहभागी इमरानमाथि गोली प्रहर भएको हो । गोली लागेर उनी घाइते भएका छन् । इमरानको खुट्टामा गोली लागेको छ । अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त छ । […]

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालयबाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, […]

पाकिस्तानमा यो वर्षको वर्षा याममा बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३१ पुगेको छ भने १२ हजार आठ सय ६७ जना घाइते भएका छन् । बाढीका कारण छ सय ४५ जना बालबालिका तथा तीन सय ५० जना महिलाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।दक्षिणी प्रान्त सिन्ध बाढीबाट सर्वाधिक प्रभावित […]