२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

स्मारिकाले बनाइन् प्रियासनको चित्र ​

Logo
Abc Sanchar प्रकाशित बिहिबार, चैत्र २६, २०८२

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित ज्ञानमाला एकेडेमीमा कक्षा १० मा अध्ययनरत स्मारिका चौधरीले घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनको चित्र बनाएकी छिन् । अभियानले पछिल्लो समय सिर्जनशील कार्यक्रमहरू गरिरहेको भन्दै अभियानका संयोजक प्रियासनको हौसला बढाउन स्मारिकाले चित्र बनाएकी हुन् । स्मारिकाले बनाएको चित्र पाएपछि प्रियासनले सामाजिक सञ्जालमा स्मारिकाप्रति कृतज्ञता जाहेर गर्दै नयाँ वर्षको शुभकामना दिनुभएको छ। प्रियासनले लेख्नुभएको छ-
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
​नयाँ वर्षको आगमनसँगै एउटा नयाँ उत्साह र संकल्पको ऊर्जा थपिएको छ। आजको यो विशेष दिनमा म मेरो पेन्सिल स्केच कोरेर माया प्रदान गर्नुहुने स्मारिका चौधरी (ज्ञानमाला एकेडेमी) लाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। एउटा स्रष्टाका लागि यस्तो आत्मीय सम्मान नै सबैभन्दा ठूलो सम्पत्ति हो।
​मेरो नयाँ वर्षको कामना:
यो वर्ष केवल पात्रो फेरिने वर्ष मात्र नबनोस्, बरु हाम्रो सोच र कार्यशैली फेरिने वर्ष बनोस्।
​श्रम: पसिनाको मूल्य बुझिने वातावरण बनोस्।
​सीप: हरेक हातमा आत्मनिर्भर बन्ने कला होस्।
​उत्पादन: आफ्नै माटोमा सुन फलाउने र आत्मनिर्भर बन्ने उत्साह थपियोस्।
​श्रम, सीप र उत्पादनमा लाग्ने सम्पूर्ण कर्मयोगी हातहरूमा यो नयाँ वर्षले थप ऊर्जा र सफलता प्रदान गरोस्। मेरो गृहजिल्ला दाङ, घोराही लगायत देशभरिका सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु।
​सबिन प्रियासन
घोराही, दाङ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । चाडपर्व नजिकिएसँगै सडकमा सवारीको चाप बढ्न थालेको छ। यात्रुको आवागमन बढेसँगै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले दाङको लमहीमा सवारी चालक लक्षित विशेष निगरानी तथा लापसे चेकजाँच सुरु गरिएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमहीमा वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले चाडपर्वका बेला हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि निगरानी बढाएका […]

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आउँदो असोज १० गते हुन लागेको निर्वाचनमा व्यवसायी अनिल आचार्यको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवारी दिने भएको छ। व्यवसायीहरूको हक, हित, अधिकार र व्यावसायिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आचार्य नेतृत्वको प्यानल निर्वाचनमा होमिन लागेको जनाएको छ। स्वतन्त्र व्यावसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा गेहेन्द्र बस्नेत, उद्योग उपाध्यक्षमा मित्रदेव अधिकारी, वाणिज्य […]

दाङ । नेपाल विविध संस्कृति, परम्परा, भाषा र खानाका परिकारले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराईका हरेक क्षेत्रले आफ्नै मौलिक पहिचान बोकेका छन्। तर आधुनिक जीवनशैली, बढ्दो शहरीकरण र विदेशी संस्कृतिको प्रभावका कारण स्थानीय उत्पादन तथा रैथाने खानाको प्रयोग क्रमशः घट्दै गएको छ। यस्तै अवस्थामा रात्रिकालीन बजारको अवधारणा र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धन […]