१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

अचार बनाउन भ्याई नभ्याई टिकटकबाट अचारको बजारिकरण गर्दै रोजिना सुवेदी 

Logo
प्रकाशित बुधबार, कार्तिक १५, २०८०

 

(ABC-Sanchar)
दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो ।
विगतमा विभिन्न व्यापार व्यवसायमा संलग्न रोजिना केही समयदेखि घरमै बस्दै आउनुभएको थियो । घरमा खाली समयमा बस्दा समय बिताउने माध्यम बनेको थियो टिकटक र फेसबुक । उहाँले टिकटक हेर्दै जाँदा विभिन्न ठाउँमा अचारहरू बनाएर बिक्री बितरण गरेको देख्नुभयो । उहाँको मनमा पनि अब अचार बनाएर बिक्री बितरण गर्छु भन्ने सोच पलायो । ‘मैले पनि अचार बनाएर टिकटकमा हाल्न शुरु गरे,’ रोजिनाले भन्नुभयो, ‘पहिलो पटक टिकटकमा हाल्दा अलिअलि लाज पनि लाग्यो, तर शुरुमै चार/पाँच जनाले टिकटकबाटै अर्डर दिनुभयो ।’

त्यसपछि भने उहाँले फेसबुक म्यासेन्जरको स्टोरीमा पनि अचारका परिकारहरू हाल्न थाल्नुभयो । ‘क्रमशः अचारको माग बढ्न थाल्यो,’ उहाँले भन्नुभयो, ‘अहिले दैनिक २५ देखि ३० जनाबाट अचारको अनलाइन बुकिङ हुन थालेको छ ।’

आफूले जानेको सीपबाट राम्रो व्यापार हुँदा रोजिना निकै खुसी हुनुहुन्छ । अहिले जिल्लाबाहिरबाट पनि अचारको निकै माग आइरहेको उहाँले जानकारी दिनुभयो । ‘घरको भान्सामा बसेरै राम्रोसँग व्यापार गर्न सकिने रहेछ भन्ने बल्ल थाहा भयो, रोजिनाले भन्नुभयो, ‘पहिले टिकटक मनोरञ्जनका लागि प्रयोग गर्थे, अब भने अचारको बजारिकरणका लागि प्रयोग गर्न थालेको छु ।’
रोजिनाले विभिन्न ३० प्रकारका अचार बनाइरहनुभएको छ । उहाँले मुला, काँक्रा, डल्ले खुर्सानी, च्याऊँ, टिम्मुर, लसुन तथा विभिन्न मिक्स अचारहरु उत्पादन गरिरहनुभएको छ । यी अचारहरुको मूल्य प्रति केजी दुई सय पचास देखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने उहाँले जानकारी दिनुभयो । त्यसैगरी चिकेन अचारलाई प्रतिकेजी ७ सय र मटन अचारलाई प्रतिकेजी एक हजार दुई सय रुपैयाँ पर्छ ।

 

भेज अचार तीन दिन देखि सात दिनको बीचमा तयार भइसक्ने उहाँले जानकारी दिनुभयो । चिकेन र मटनको अचार भने बनाउँदा बित्तिकै तुरुन्त प्रयोग गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

महेन्द्र सिंह बाँके                                                    सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट लुकाईछिपाई ल्याइरहेको अवस्थामा ३२१ जोर अवैध जुत्ता र ४ वटा […]

कात्तिक २८, काठमाडौं । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो । स्वागत नेपालको […]