२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

अचार बनाउन भ्याई नभ्याई टिकटकबाट अचारको बजारिकरण गर्दै रोजिना सुवेदी 

Logo
प्रकाशित बुधबार, कार्तिक १५, २०८०

 

(ABC-Sanchar)
दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो ।
विगतमा विभिन्न व्यापार व्यवसायमा संलग्न रोजिना केही समयदेखि घरमै बस्दै आउनुभएको थियो । घरमा खाली समयमा बस्दा समय बिताउने माध्यम बनेको थियो टिकटक र फेसबुक । उहाँले टिकटक हेर्दै जाँदा विभिन्न ठाउँमा अचारहरू बनाएर बिक्री बितरण गरेको देख्नुभयो । उहाँको मनमा पनि अब अचार बनाएर बिक्री बितरण गर्छु भन्ने सोच पलायो । ‘मैले पनि अचार बनाएर टिकटकमा हाल्न शुरु गरे,’ रोजिनाले भन्नुभयो, ‘पहिलो पटक टिकटकमा हाल्दा अलिअलि लाज पनि लाग्यो, तर शुरुमै चार/पाँच जनाले टिकटकबाटै अर्डर दिनुभयो ।’

त्यसपछि भने उहाँले फेसबुक म्यासेन्जरको स्टोरीमा पनि अचारका परिकारहरू हाल्न थाल्नुभयो । ‘क्रमशः अचारको माग बढ्न थाल्यो,’ उहाँले भन्नुभयो, ‘अहिले दैनिक २५ देखि ३० जनाबाट अचारको अनलाइन बुकिङ हुन थालेको छ ।’

आफूले जानेको सीपबाट राम्रो व्यापार हुँदा रोजिना निकै खुसी हुनुहुन्छ । अहिले जिल्लाबाहिरबाट पनि अचारको निकै माग आइरहेको उहाँले जानकारी दिनुभयो । ‘घरको भान्सामा बसेरै राम्रोसँग व्यापार गर्न सकिने रहेछ भन्ने बल्ल थाहा भयो, रोजिनाले भन्नुभयो, ‘पहिले टिकटक मनोरञ्जनका लागि प्रयोग गर्थे, अब भने अचारको बजारिकरणका लागि प्रयोग गर्न थालेको छु ।’
रोजिनाले विभिन्न ३० प्रकारका अचार बनाइरहनुभएको छ । उहाँले मुला, काँक्रा, डल्ले खुर्सानी, च्याऊँ, टिम्मुर, लसुन तथा विभिन्न मिक्स अचारहरु उत्पादन गरिरहनुभएको छ । यी अचारहरुको मूल्य प्रति केजी दुई सय पचास देखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने उहाँले जानकारी दिनुभयो । त्यसैगरी चिकेन अचारलाई प्रतिकेजी ७ सय र मटन अचारलाई प्रतिकेजी एक हजार दुई सय रुपैयाँ पर्छ ।

 

भेज अचार तीन दिन देखि सात दिनको बीचमा तयार भइसक्ने उहाँले जानकारी दिनुभयो । चिकेन र मटनको अचार भने बनाउँदा बित्तिकै तुरुन्त प्रयोग गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

error: Content is protected !!