(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुङ्गो लगाएको छ। समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो। यस अनुसार शनिबार बसेको बैठकले १३ जना समानुपातिक सांसदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ। पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ। १. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरुष) २. इन्दिरा राना मगर (आदिवासी महिला) ३. सुमना […]
(ABC-Sanchar) बुटवल । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादीको समर्थनमा एमालेबाट केपी ओली र कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेकाले अब प्रधानमन्त्री बन्ने पालो माओवादी अध्यक्ष प्रचण्डको भएको बताएका छन् । केसीले अब पार्टीले जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुन्छ उसैलाई सरकार संचालनमा सहयोग गर्ने बताएका हुन् । […]
(ABC-Sanchar) बुटवल । लुम्बिनीको प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष र दुवैतर्फको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । त्यस्तै, कांग्रेस दोस्रो दल बन्दा माओवादी केन्द्र तेस्रो दल बनेको छ । लुम्बिनीमा प्रत्यक्षतर्फ आठ दलले जित निकालेका छन् भने समानुपातिकतर्फ १० दलले सिट पाउने भएका छन् । प्रदेशसभामा तीन […]
(ABC-Sanchar) काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकको पनि मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार सात दल राष्ट्रिय दल बनेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रि स्वतन्त्र पार्टी, रष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय […]
(ABC-Sanchar) काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो । संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपता आएको छ । प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम […]
(ABC-Sanchar) काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ । सोमबार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पौडेल भेटघाटका लागि पुगेका थिए । कोटेश्वरस्थित नेपालको निवासमा भएको भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाबारे छलफल भएको थियो […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले ठूलो दल बनेको छ । सरकार बनाउने गरी कुनै पनि दलको एकल बहुमत नआए पनि प्रत्यक्षतर्फ प्रदेश सभाका ५२ मध्ये १८ सिट जितेर एमाले पहिलो दल बनेको हो । कांग्रेस १७ सिटसहित दोस्रो र माओवादी ५ सिटसहित तेस्रो छ । जनता समाजवादी र स्वतन्त्रले ३/३ सिट जितेका छन् । नागरिक उन्मुक्ति […]
(राकेश श्रेष्ठ) चितवन । आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ । उहाँले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका […]
(ABC-Sanchar) धनगढी । कैलाली १ मा एक सय मत गन्दा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत प्राप्त गरेकी छिन् । उनलाई काँग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन् ।
(ABC-Sanchar) दाङ । तुल्सीपुर क्षेत्र नम्बर ३ मा भइरहेको मत गणनामा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेकी नेतृ कोमल वलीको अग्रता कायमै रहेको छ । अहिलेसम्म ६ सय मतगणना हुँदा नेतृ वलीले २४३ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनका साझा उम्मेद्धार नेपाली कांग्रेसका दीपक गिरीले २२८ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ८६ […]