०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

राजनिती

निर्वाचन आयोगमा प्रतिनिधि सभा ११ दल र प्रदेशसभा ४० दलले पेस गरे समानु पातिक बन्दसूची

(ABC-Sanchar) काठमाडौँ । अगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूची पेस गरिरहेका छन् । निर्वाचन आयोगले असोज २ र ३ गते दिएको समयावधिको दोस्रो तथा अन्तिम दिन सोमबार साँझसम्म प्रतिनिधिसभातर्फ ११ दलले र प्रदेशसभातर्फ ४० दलले बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोगको परिसरमा बन्द सूची पेस गर्न प्रवेश […]

(ABC-Sanchar) काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ । माओवादीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनालाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाइएको महासचिव देवप्रसाद गुरूङले जानकारी दिए । महासचिव गुरुङका अनुसार प्रदेश सभातर्फ पनि समाजवादी पार्टीका नेताहरू उम्मेदवारमा परेका छन् । उनका अनुसार मा‌ओवादीले प्रतिनिधि […]

(ABC-Sanchar) बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट खर्चमा करिव अढाई अर्ब रकम बेरुजु देखिएको छ । बेरुजु बढेपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । सरकारी खर्चको बेरुजु रकम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समितिले बेरुजु घटाउन र फर्स्यौट बढाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ । महालेखाका अनुसार […]

(ABC-Sanchar) काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्तावमाथि छानबिन गरिरहेको सिफारिस समितिले ५ दिनभित्र प्रतिवेदन तयार पार्नुपर्छ। तर, समितिले जबरासँगको बयान लिने काम नै सकेको छैन। जबरामाथि लगाइएका आरोपहरूको प्रमाण संकलन गर्ने, सम्पत्ति विवरण माग्ने र प्रतिवेदन लेख्ने कामको थालनी नै गरेको छैन। प्रतिनिधिसभाको कार्यकाल असोज १ गते समाप्त हुँदैछ। त्यसैले ११ सदस्यीय सिफारिस […]

(ABC-Sanchar) मोरङ । निर्वाचन क्षेत्र-३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा जुटेकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् । चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ-३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैँचाका मतदातासँग भेटघाट गरिन । उनले मोरङ-३ का विभिन्न गाउँ तथा […]

(ABC-Sanchar) काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा जेपी बगाले मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम बगालेलाई मनोनयन गरेका हुन् । नयाँ कार्यसमितिलाई ०७९ असोज मसान्तसम्म संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।

(ABC-Sanchar) काठमाडौं । विष्फोटक पदार्थ तथा सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट-२ बाट संघीय संसदको उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम सिफारिस गरेको हो । उनीसँगै अञ्जु झाको पनि नाम सिफारिसमा परेको छ । अभियुक्त आलम हाल ललितपुरको […]

(ABC-Sanchar) काठमाडौँ । आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि कैलाली क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा सिफारिस भएकी छन् । कैलाली-५ बाट उनको नाम एकल सिफारिसमा परेको छ । बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-५ बाट नेता आरजु देउवाको नाम एकल […]

(ABC-Sanchar) काठमाडौं । कलाकार रेखा थापाले मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएकी छन् । राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन् । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ ।’ गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी […]

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार पुगेका हुन्। उनीहरूबीच अहिले भेटवार्ता जारी छ। नागरिकता विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेको स्रोतले बतायो ।

error: Content is protected !!